हेटौँडामा सेतो कपडाले बेरेर खतरा लेखिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

हेटौँडा । फागुन २१ गते हुन लागेको निर्वाचनको सुरक्षा चुनौती बढिरहेका बेला हेटौँडामा शंकास्पद वस्तु भेटिएपछि स्थानीयवासी त्रसित बनेका छन्। आज बिहान ५:१५ बजे हेटौँडा–१६, चिसापानीस्थित धरान–चतरा सडक खण्डको बीच भागमा शंकास्पद वस्तु फेला परेको हो।

सेतो कपडाले बेरिएको र बाहिरपट्टि ‘खतरा’ लेखिएको उक्त वस्तु देखेपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए। निर्वाचनको मुखमा सुरक्षा व्यवस्था कडा पारिएकै समयमा सडकको बीच भागमा यस्तो वस्तु भेटिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थलमा तत्कालै सेना र प्रहरीको टोली पुगेको थियो। नेपाली सेनाको टोलीले बिहान ८:१० बजे उक्त शंकास्पद वस्तुलाई सुरक्षित रूपमा डिस्पोज गरेको छ। निर्वाचनलाई लक्षित गरी सुरक्षा थ्रेट पैदा गर्न खोजिएको हुन सक्ने आशंकामा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा