लकडाउन खुकुलो बनाएर लैजाने रणनीति अनुसार अब सरकारले नयाँ कदम चाल्ने भएको छ ।

काठमाडौँ, कोरोनाको जोखिम भएको स्थान बाहेक अन्य ठाउँमा लकडाउन खुकुलो बनाएर लैजाने रणनीति अनुसार अब सरकारले नयाँ कदम चाल्ने भएको छ ।सर्वसाधारण लामो लकडाउनका कारण आजित भएपछि सरकार अब मोडालिटी परिवर्तन गर्ने मनस्थितिमा पुगेको छ ।त्यसका लागि तयार पारिएको रणनीतिका बारेमा अहिले छलफल जारी छ ।

सीसीएमसी सचिवालय र मूख्यसचिव नेतृत्वको एक्सन टिमबाट तयार पारिएको रणनीति मन्त्रीपरिषदमा छलफल गरिने छ । सो समितिले सरकारलाई मोडालिटि बनाएर सिफारिस गर्ने छ । समितिमा जोखिम नभएका स्थानमा लकडाउन खुकुलो बनाउने रणनीति सहितको कार्ययोजना तयार पारेको छ ।यो खाकाबारे छलफल गर्न अहिले कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ ।

यो वैठकवाट रणनीति सहितको कार्ययोजना पास भएपछि मन्त्रीपरिषदमा पेस गरिने छ । समितिका सदस्यहरु अर्थमन्त्री युवराज खतिवडा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्ट लकडाउन खुकुलो बनाउनु पर्ने पक्षमा छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली भने यो विषयमा अनुदार देखिएका छन् ।

उनले जनताको जिवनसंग कुनै पनि कुराको सम्झौता गर्न नहुने बताउँदै आएका छन् । प्रधानमन्त्रीकै जोडका कारण जेठ २० मा सकिने लकडाउनलाई जेठ ३२ सम्म लम्ब्याएको हो ।‘कम जोखिम भएका जिल्ला तथा क्षेत्रमा सञ्चालित उद्योगरकलकारखाना तथा जीवीकोपार्जनसँग जोडिएका क्षेत्र स्वास्थ्य सावधानी अपनाएर सुचारु गर्ने गरी लकडाउनको नयाँ मोडालिटी तयार पारिएको बताइएको छ ।

वैशाख १६ गतेको मन्त्रिपरिषद बैठकले ४४ वटा क्षेत्रसँग सम्बन्धित उद्योगरकलकारखाना तथा ढुवानीलाई सुचारु अनुमति दिए पनि बजार कलकारखाना सञ्चालन नहुँदा ती उद्योग पनि आंशिक मात्रै सञ्चालनमा छन् ।दुई महिना लामो सकडाउन अवधि पुरा भइसकेपछि नेपालमा कोरोना संक्रमितको संख्या थपिदै गएको छ ।

अहिले झण्डै २ सयको हाराहारीमा दिनहुँ संक्रमित थपिदै गएका छन् । संक्रमितको संख्या २ हजार नजिक पुग्न लागेको छ । दैनिक ज्याला गरेर खाने मजदुरहरुको वेहाल भएको छ । उद्योग कलकारखाना खुल्न नसक्दा आर्थिक पक्षमा नराम्रो असर परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा