भेनाजु भनेर १ हफ्ता बसेर गको लक्ष्मीको भाइले मेरो मरेको छोरालाई किन यति ठुलो दोष ?’भिडियो सहित’

रुकुम,वराज विकका वुवा आमा यतिवेला जवान छोराको किरिया बसेका छन् ।रुकुम जाजरकोट घटनाा ज्यान गुमाएका नवराज विकका वुवा आमा यतिवेला जवान छोराको किरिया बसेका छन् ।उनीहरुले छोरा त्यसरी जेठ १० गते वुहारी लिन जान लागेको भने थाहा नभएको बताएका छन् । उनले अभिभावकलाई नभनेर आफ्ना छोरा वुहारी लिन गएको भनेर भनिएको भएपनि आफुले त्यस्तो नलागेको बताएका छन् ।

उनले मिडियामा आएजस्तो आफ्नो छोरा वुहारी लिन होइन काफल खान भन्दै गएको बताएका छन् ।अभिभावकलाई नै नभनेर आफ्नो छोरा वुहारी लिन नजाने उनको भनाई छ । उनी वुहारी लिन गएको भए हामीलाई भनेर जान्थ्यो, साथीसंग के कुरा गर्यो त्यो थाहा भएन तर मेरो छोरा बुहारी लिन होइन काफल खान भन्दै साथीसंगै गएका हुन् ।

नभएको कुरा मैले भन्न मिल्दैन, उनले भने त्यो शनिवारको दिन थियो । भेरीमा नुहाउने, माछा मा र्ने र काफल खाएर घुमघाम गर्न भनेर गएको भनेर मैले बुझेको छु । घाइेत साथीले पनि त त्यही भनेका छन् ।नवराजको वुवाले पनि युवती आफ्नो घरमा ५ दिन बसेर गएको बताएका छन् ।

उनले त्यतीबेला आफुले पनि विवाहको कुरा अहिले नगर भनेर सम्झाएको ताएका छन् । युवतीलाई तिमी पनि एसइइको तयारी गर, मेरो छोरा पनि प्रहरीको तयारी गरेको छ । दुवै जनाले आफ्नो भविष्य बनाउ अनि उमेर पुगेपछि विवाह गरिदिउँला भनेर भनेको बताएका छन् ।

उनले जातका कारणले तिमीहरुको विवाहको विषयमा समस्या हुन सक्छ पछि परिवारका सदस्यले पनि अनुमति दिए भने केही वर्ष पछि विवाह गरौला अहिले विवाह गर्न मिल्दैन भनेर आफुले युवतीलाई पठाएको बताए ।उनले शुष्मा आफ्नो घरमा आएको बेलामा आफ्नो छोरीसंग बस्न दिएको बताए । नवराजको कोठामा गएको बेलामा आफुले केटाको कोठामा बस्न नदिएको र छोरीसंग बस्न पठाएको बताए ।

सुरुको तीन दिन बस्दा मैले वास्ता गरिन । छोरीसंग बसेको होला भन्ने ठानेको थिए । तर पछि राति मैले युवतीलाई नवराजको कोठामा देखेपछि श्रीमतीलाई भनेर युवतीलाई छोरीको कोठामा पठाएको उनले बताएका छन् । आफ्नो छोरा भने युवतीको कोठामा गएको नगएको विषयमा भने आफुलाई थाहा नभएको बुवाले बताएका छन् ।

आफ्नो छोरा युवतीको गाउँमा जाँदा पहिले पनि नवराजलाई समातेर प्रहरीको जिम्मा लगाएको आफुले थाहा पाएपछि आफु त्योयो घटना हुनुअघि युवतीका ठूलो वुवाले नवराजको बुवालाई धेरै पटक सम्झाएको पनि नवराजको बुवाले स्वीकार गरेका छन् । दुई पटक फोन गरेर छोरालाइ तह लगाउनु भनेर सम्झाएको र एक पटक भेटेरै सम्झाएको पनि नवराजको बुवाले बताएका छन् ।

म उनकै पसलको बाटो हिडेको थिए, इन्द्र मल्ल (युवतीको ठूलो बुवा) ले मलाई बोलाएर तिम्रो छोरालाई सम्झाउ, थुप्रै केटा लिएर चौरजहारी गएको छ रे । त्यताका केटा पनि अलि बदमास छन् भोली केही होला भनेर भने, अनि मैले पनि तिम्रो छोरीलाई पनि सम्झाउ भनेर जवाफ दिएँ उनले भनेका छन्।

रुकुमवाट १९ जना युवक चौरजहारी आउँदैछन् भनेर उनले नै खबर गरेको हुनसक्ने नवराजको बुवाको आशंका छ ।नवराजको वुवाले फेसवुकमा आफ्नो छोरा र युवतीकोसंगै फोटो देखेपछि इन्द्र मल्ललाई लगेर देखाएको र त्यतीबेला तिमी के ठकुरीको सम्धी बन्ने इच्छा छ ? भनेर प्रश्न गरेको सम्झन्छन् ।

उनले भन्नुको मतलव तिमीहरु दलित हौ, ठकुरीको छोरी नताक भन्न खोजेको त हो, उनले भने । उनले दुई जनाको ७ वटा फोटो संगै देखेपछि त्यो फोटो देखेपछि छोरीलाई सम्झाउनु भनेर इन्द्र मल्ललाई भनेको पनि उनले बताए । बाँकि तल भिडियोमा सुष्मा मल्लका भाइ र नवराजका बुवाले के भनेका हेर्नुहोला

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा