श्रीमतीलाई कोरोना सङ्क्रमित हुदा पनि साथ छोडेनन् ई पुरुषले

चितवन,भरतपुर अस्पतालको आइसोलेसनमा पाँच महिनाको गर्भ रहँदा गरिएको परीक्षणबाट कोरोना पोजेटिभ देखिएपछि हेटौंडाका नवीन पौडेल दम्पत्ति चकित परे। पोजेटिभ देखिएपछि उनले श्रीमतीलाई एक्लै छाडेनन्।स्वास्थ्यकर्मीले अलग्गै बस्न भने पनि उनले जोखिम मोलेरै श्रीमतीसँगै बसेका हुन्।आईसोलेसनमा उनले श्रीमतीलाई आत्मबल दह्रो बनाउन लगाए।

पहिला श्रीमतीलाई एकछिन पनि छोडेनन्। शुक्रबार र शनिबार कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि अन्नतः आइतबार कोरोना मुक्त भए। उपचारका लागि भरतपुर अस्पतालको आईसोलेसनमा रहँदा उनले श्रीमतीलाई साथ दिएका हुन्।पाँच महिनाको गर्भ रहेका कारण श्रीमती आत्तिने डरले उनी पनि सँगै बसेका हुन्।

‘सँगै स्वाब लिए पनि उनको पोजेटिभ आयो मेरो रिपोर्ट आउन ढिलो भयो’, पौडेलले भने, ‘पोजेटिभ नेगेटिभ केही थाहा नभएपछि गर्भवती भएपछि यस्तो बेलामा साथ छोड्न मन लागेन अनि जोखिम मोलेरै सँगै बसें।’ गर्भवती श्रीमती सँगैका पाँच दिनको बसाई पछि उनीहरू आइतबार खुसी हुँदै घर फर्किएका हुन्।उनीहरूलाई भरतपुर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले विदाइ गरेका थिए।

पहिलो सन्तान भएकै कारण खुसी भएका उनीहरू बच्चामा के होला भन्ने डरमा थिए। अस्पतालको प्रसुती विभागका प्रमुख वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. सुनिलमणि पोखरेलले संक्रमितको गर्भमा रहेको बच्चामा कुनै असर नगर्ने भन्दै परामर्श दिएका थिए। जेठ १३ गते हेटौंडामा गरिएको स्वाब परीक्षणमा पौडेलकी श्रीमतीलाई कोरोना पोजेटिभ देखिएको थियो। अन्नपूर्ण पोस्टमा अनिल ढकालले यो समाचार लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा