अब हुने भयो एनसेल कम्पनीलाई कारबाही:एनसेलले ग्राहकबाट ३२ करोड बढी ठगी गरेको पुष्टी,

काठमाडौं नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाप्रदायक कम्पनी एनसेललाई अनधिकृत रुपमा विभिन्न भ्यालु एडेड सर्भिस (भास) सञ्चालनमा ल्याएको भन्दै जरिवाना गर्ने निर्णय गरेको छ । प्राधिकरणबाट स्वीकृती नलिएरै भासको नाममा ग्राहक ठगेको ठहर गर्दै नियामकले विभिन्न शीर्षकमा कूल साढे १० लाख रुपैयाँ जरिवाना गर्ने निर्णय लिएको हो ।

एनसेललाई कारबाही गर्ने विषयमा अघिल्लो सोमबार बसेको प्राधिकरण बोर्ड बैठकले निर्णय गरेको भएता पनि हिजो सोमबार बसेको बैठकमा हस्ताक्षर हस्ताक्षर भएको अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।सोमबार बसेको बोर्डले एनसेललाई कारबाही गर्ने निर्णयमा हस्ताक्षर गरेको छ,’ उनले भने, ‘एनसेलले प्राधिकरणबाट स्वीकृत नै नलिएर कतिपय भास सञ्चालन गरेको पाइयो ।

त्यसै आधारमा बोर्डले एनसेललाई कारबाही गर्ने निर्णय गरेको हो ।’प्राधिकरणको छानविनका क्रममा एनसेलले अनुमतिपत्रको शर्त विपरित काम गरेको, अनुमति नलिएरै ‘लभ डिटेक्टर’ र ‘भ्वाईस म्याजिक नामक’ नामक भ्यालू एडेड सर्भिस (भास) सञ्चालनमा ल्याएको पाइएको थियो ।अनुमतिपत्रले तोकेको शर्त उलंघन गर्दै एनसेलले विभिन्न सेवा अफर समेत सञ्चालनमा ल्याएको पाइएको छ ।

जसमा होली अफर, भ्यालेन्टाइन अफर, शिवरात्री अफर लगायत रहेका छन् । नियामकको बोर्डले दूरसञ्चार ऐन, २०५३ को दफा ४७ अनुसार कम्पनीलाई अधिकतम रकम ५ लाख रुपैयाँ जरिवाना गरेको हो । उक्त दफाको दुई नम्बर बुँदामा ऐन बमोजिम अनुमति अलिई वा अनुमतिपत्रमा उल्लिखित शर्तको पालना नगरी दुरसञ्चार सेवा सञ्चालन गरेमा प्राधिकरणले पाँच लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

ऐनको सोही व्यवस्थालाई आधार बनाएर प्राधिकरण बोर्डले लभ डिटेक्टर र भ्वाईस म्याजिक नाम भासको प्रकरणमा समेत कारबाही गरेको छ । करीब दुई वर्ष अघि एनसेलले नियामकको अनुमति बिना लभ डिटेक्टर सेवा सञ्चालनमा ल्याएको थियो । प्राधिकरणबाट एनसेलले उक्त सेवा सञ्चालनका लागि स्विकृती नै नलिएको र उक्त सेवाले विकृति ल्याउने भन्दै तत्कालै रोक्न निर्देशन समेत दिएको थियो ।

उक्त निर्देशनपछि सेवा रोकिएको भएता पनि त्यसमार्फत एनसेलले ग्राहकबाट १४ करोड रुपैयाँभन्दा बढी रकम असुल गरेको पाइएको छ ।त्यस्तै नियामकबाट स्विकृति नै नलिई एनसेलले सञ्चालनमा ल्याएको अर्को सेवा ‘भ्वाईस म्याजिक’ मार्फत कम्पनीले ग्राहकबाट झण्डै १८ करोड रुपैयाँ आम्दानी गरेको अध्ययनले देखाएको थियो ।

कानून विपरित रुपमा स्विकृति नै नलिई सेवा सञ्चालन गरी ग्राहकबाट ३२ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्राधिकरणले यी दुवै सेवाको नाममा एनसेललाई पाँच/पाँच लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।त्यस्तै दुई वर्ष अघि देखिएको अटो रिन्युको नाममा ग्राहकबाट रकम अशुलेको अर्को आरोपमा प्राधिकरणले कम्पनीलाई थप ५० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।

कम्पनीले सञ्चालनमा ल्याएको भास ग्राहको मोबाइलमा स्वचालित रुपमा सुरु हुने र स्वचालित रुपमै नवीकरण समेत हुने गरेको नियामकको छानविनबाट देखिएको छ । कारबाहीसँगै प्राधिकरणले यस्ता भासको अटो रिन्यू हुने समस्यलाई तत्कालै हल गर्न समेत निर्देशन दिने निर्णय गरेको अध्यक्ष खनालले बताए ।तर, अटो रिन्यूको नाममा कम्पनीले ग्राहक ठगी गर्ने कार्य अझै जारी नै राखेको छ ।

पछिल्लो केही हप्तादेखि एनसेलले ग्राहकबाट विभन्नि सेवाको नाममा थाहा नै नदिइ पैसा काट्दै आएको पाइएको छ । त्यस्ता सेवा ग्राहकलाई थाहै नदिई एक्टिभ गर्ने र अटो रिन्यूको नाममा ग्राहको ब्यालेन्स रत्याइ रहने समस्या आएसँगै प्राधिकरण त्यस उपर छुट्टै छानविन अगाडि बढाएको छ ।

रन्जन कोइराला,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा