देश र जनताको कल्याणका लागि राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (मङ्गलबार) आराध्यदेव पशुपतिनाथ मन्दिरमा विशेष पूजाअर्चना गर्ने भएका छन्। देश र जनताको हित, सुख, शान्ति तथा समग्र कल्याणको सङ्कल्पसहित राष्ट्रपतिले पशुपतिनाथमा विशेष पूजा गर्न लागेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

विशेष पूजाका लागि राष्ट्रपति पौडेल बिहान ७:०० बजे पशुपतिनाथ मन्दिर पुग्ने कार्यक्रम तय भएको छ। मुलुकमा आइपरेका विभिन्न विपद् र संकटको घडीमा देश र जनताको सुरक्षा एवं कल्याणको कामना गर्दै मन्दिरमा विधिपूर्वक पूजाआराधना गरिने जनाइएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा