आज तराईका धेरै स्थानमा बाक्लो हुस्सु

उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको करिव दुई साताको प्रभाव हटेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कुनै पनि उल्लेख्य मौसमी प्रणाली छैन ।

अहिले पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ । आज पनि तराईका केही स्थानमा बाक्लो हुस्सु लागेको छ । आगामी २४ घण्टा देशको उच्च हिमाली भू-भागका एकाध स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै तराईका केही स्थानहरुमा बिहानीपख हुस्सु्समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु पनि महाशाखाले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा