शताब्दी पुरुष सत्यमोहन जोशी लाइ स्वास्थ्यलाभको कामना

शताब्दी पुरुष सत्यमोहन जोशी अस्वस्थ भएका छन् । १०१ वर्षीय जोशीलाई सामान्य स्वास्थ्य समस्या देखिएको हो । चिसो र पुरानो रोग हर्नियाका कारण जोशीलाई खाना खान र सुत्न असहज भएको बताइएको छ ।

विहीबार बिहान ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र साहित्यकार नरेन्द्रराज प्रसाईं दम्पतिले जोशी निवास भ्रमण गरेका थिए । प्रसाईंका अनुसार आगन्तुक आएपछि सत्यमोहनले जोशिलो भएर केहीबेर कुरा गरेका थिए ।

उनले भने, ‘शताब्दी पुरुषले हामीलाई आफूले अझै आँखा देख्ने, कान सुन्ने छँदै किन अस्पताल जाने भनेर जवाफ दिनुभयो ।’

किष्ट मेडिकल कलेजले शताब्दी पुरूष र उनकी धर्मपत्नी राधादेवी जोशीको आजीवन स्वास्थ्य उपचार निःशुल्क गरिरहेको छ ।

आज बिहान नै किष्ट मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीले जोशीको स्वास्थ्यबारे जानकारी लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा