इंग्लिस प्रिमियर लिगमा लिभरपुल पराजित

प्रिमियर लिग फुटबलमा लिभरपुल घरेलु मैदानमा पराजित भएको छ ।

बिहीबार राति बर्नलीसँग १-० गोल अन्तरले पराजित भएसँगै लिभरपुलको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ ।

लिभरपुल ६८औँ खेलसम्म घरेलु मैदानमा अपराजित रहेको थियो । लिभरपुलको यो सिजनको तेस्रो हार हो ।

बर्नलीलाई जित दिलाउन एस्ले बर्नेसले निर्णायक गोल गरे । उनले खेलको ८३औँ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।

हारपछि लिभरपुल ३४ अंकसहित चौथो स्थानमा रहेको छ । बर्नली १९ अंक जोडेर १७औँ स्थानमा उक्लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा