पतिको ज्यान लिएर शव लुकाउन खोजिन्, नसकेपछि गरिन् देह त्याग

काठमाण्डौंको टोखामा एक ब्यक्तिको ज्यान लिइएको र एकको देह त्यागबारे प्रहरी अनुसन्धान जारी छ । उनीहरु दम्पति हुन् जसमध्ये पति ३ महिना मात्र अमेरीकाबाट नेपाल आएका थिए र घटना नभएको भए उनी अमेरीका फर्किसकेका हुने थिए ।

टोखामा उमेश केसीको ज्यान उनकै श्रीमती सुदीक्षाले लिएको निष्कर्षनजिक प्रहरी अनुसन्धान पुगेको पाइएको छ । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार सुदिक्षाले आवेशमा आएर पतिको ज्यान लिएको र शव ब्यवस्थापन गर्ने कोशिस गरेको देखिएको छ ।

यस्तो गर्न सम्भव नभएपछि सुदिक्षाले पनि देह त्याग गरेको पाटो तर्फ अनुसन्धान केन्द्रित छ । उमेशको ज्यान लिएपछि सुदिक्षाले देह त्याग गर्दाको समय १० घन्टा बढि भएको पोष्ट मार्टम रिपोर्टले देखाएको छ ।

सुदीक्षाले त्यही योजना साथ आफ्नी दिदीलाई बोलाएको हुनसक्ने ती अधिकारी बताउँछन् । भन्छन्, ‘उमेशको ह’ ‘त्या भएको कुरा शर्मीलाले बिहीबार नै थाहा पाएर सुदीक्षालाई भेट्न पुगेको हुनपर्छ भन्ने हाम्रो निष्कर्ष छ । नत्र पठाओ प्रयोग गरेर उनी राति त्यहाँ किन पुगिन्? र, पुगेको २ मिनेटमै किन फर्किन्?’

त्यो भेटमा सुदीक्षा र शर्मीलाबीच उमेशको शव व्यवस्थापन गर्ने विषयमै छलफल भएको हुन सक्ने प्रहरीको अनुमान छ । ुबिहीबार राति शव व्यवस्थापन गर्न नसकेपछि अन्तिममा सुदीक्षाले देहत्याग गरेको हुन सक्छु, ती अधिकारीले भने ।

उमेशको यस्तो गतिविधिले सुदीक्षाको गर्भमा भएको सन्तान आफ्नो हो वा होइन भन्ने आशंका सुदीपलाई लागेको अनुमान लगाउन सकिन्छ । सुदिपले ग्राण्डी अस्पतालमा र बि एण्ड बी अस्पतालमा जाँच गराएको भेटिएको छ । ग्राण्डीमा गराएको परिक्षण पछि आएको रिपोर्टमा उमेशको गो’प्य अं’गले राम्रोसँग काम नगर्ने आशंका गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा