भारत्तोलनका बिश्व बिजेता रुप कार्कीको निधन

भारत्तोलनका स्वर्णपदक बिजेता रुप कार्कीको निधन भएको छ । नेपालको रुपन्देही स्थायी घर भएका कार्कीको बुटवलबाट काठमाण्डौ उपचारका लागि ल्याउँदै गर्दा बीच बाटोमै निधन भएको हो । बुटवलमा उपचार असम्भव भएपछि काठमाण्डौ ल्याउँदै गर्दा बीच बाटोमा निधन भएको श्रोतले बताएको छ ।

कार्की शरीर बनाउन कुनै औ’ष’धि’को से’वन नगरेका समूहमा प्रतियोगितामा भाग लिने भारत्तोलक खेलाडी हुन् । कार्कीले एटलान्टा आईपीएल, इन्टरनेसनल पावर लिफ्टइङ्ग प्रतियोगिता (अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगितामा) आफ्नो तौल समूहमा स्वर्ण जिती नेपालको नाम बिश्वमा पुराउन सफल भएका थिए । उनले कुल १४ सय पाउण्ड उठाइ उनले स्वर्णपदक प्राप्त गरेका थिए ।

चार दिनसम्म सञ्चालित मास्टर–२ प्रतियोगितामा कार्कीले दुई सय बढी देशका करिब ७ सय जना प्रतिस्पर्धीलाई पछाडि पारेर स्वर्ण जितेका हुन्। नेपालको खेल इतिहासमा यो खेलमा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली खेलाडी हुन्। उनी अमेरिकास्तरीय प्रतियोगितामा झण्डै दर्जन खेलमा स्वर्णपदक जित्दै च्याम्पियन बनेका थिए ।

अन्तर्राष्ट्रिय भारत्तोलन (पावर लिफ्टिङ) खेलमा दोस्रो पटक विश्व च्याम्पियन बन्न सफल भएका थिए।

सन् २००९ देखि भारत्तोलनको अभ्यास सुुरु गरेका कार्की सन् २०१२ देखि पुर्णरुपमा भारत्तोलन खेलमा सक्रिय थिए। कार्कीले अमेरिकाबाट नेपाल फर्केपछि बांकी जीवन भारत्तोलन खेलमा बिताउने बताएका थिए। बागलुङ जिल्लाको गल्कोटमा जन्मिएका कार्कीको परिवार रुपन्देहीको तिलोत्तमा–६ भलवारीमा बसाई सरेर आएको हो।

भारत्तोलन खेलकै लागि दैनिक ३ देखि ५ घण्टा सम्म नियमित ब्यायाम गर्ने कार्कीले भनेका थिए, ‘म मेरो लागि नभएर नेपाल र नेपालीको पहिचानका लागि खेलिरहेको छु। खेलको माध्यमबाट नेपाललाई चिनाउन पाएकोमा निकै गर्व लागेको छ।’ अभियानमा जीवन संगिनी शोभा सुबेदी र छोरा रुपेशको साथ र हौसलाले सफलता चुम्न सफल भएको उनले बताएका थिए।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा