प्रधानमन्त्री केपी शर्मा ओलीले आफू तानाशाही नभएको बताएका छन् । आइतबार राजधानीमा अपांगता भएकाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जनतालाई तपाईंहरूले फैसला गर्नुहोस् भन्दा म कसरी तानाशाही भएँ ? भने प्रश्न गरेका गरेका थिए ।
‘मैले शासन आफ्नो हातमा लिएको भए तानाशाही हुन्थ्येँ । जनतालाई तपाईंहरू फैसला गर्नुहोस् भन्दा म तानाशाही भएँ ? मैले त फैसला गरेको छैन । मै शासक बन्छु, मै रहन्छु, जोडघटाउ, जालझेल, किनबेच गरेर मै शासनमा रहन्छु भनेको छैन । मैले त जनताका बीचमा जाऊँ, मेरा काम के भए त्यो पनि जनताले मूल्याकंन गर्नुहोस् अरूका काम के भए त्यो पनि मूल्यांकन गर्नुहोस् भनेको छु उनले भने ।
उनले आगामी निर्वाचनलाई देशद्रोहीहरूलाई ठेगाना लगाउने अवसरका रूपमा प्रयोग गर्नुपर्ने बताए । संसद विघटन असंवैधानिक भनेर कराउनेहरू संविधानविरोधी भएको पनि बताए । ‘संसद विघटन भएको अलोकतान्त्रिक असंवैधानिक भयो भनेर कराइरहेका छन् । ती कराउने मान्छेहरू संविधान, लोकतन्त्र, देश र जनविरोध हुन्’ उनले भने ।