हरिनासमा अनेरास्ववियू संगठन बिस्तार तीब्र,

अनेरास्ववियू स्याङ्जाको संगठन बिस्तार अभियान तीब्र-अनेरास्ववियू स्याङ्जाले संगठन बिस्तार अभियान तीब्र पारेको छ।

यसैबीच पिताम्बर उ मा.वि. हरिनास-७ क्याक्मी र मातृभूमी उ.मा.वि. हरिनास-४ चित्रेभन्ज्याङ स्याङ्जामा अनेरास्ववियूको प्रारम्भिक कमिटी निर्माण भएको छ,पिताम्बर मा.वि. क्याक्मीमा सुदिप वि.क.को अध्यक्षता ३१ सदस्यीय प्रारम्भिक कमिटी निर्माण भएको छ।

जसको उपाध्यक्षमा दिपा थापा सचीवमा आशा मानन्धर सहसचिवमा राजु सुनार,सुस्मिता सुनार,बिक्रम मानन्धर र कोषाध्यक्षमा रतन सुनार रहेका छन भने मातृभूमी मा.वि. चित्रेभ्न्ज्याङमा झरना रानाको अध्यक्षतामा ५१ सदस्यीय कमिटी निर्माण भएको छ जस्को उपाध्यक्षमा रिबिसा थापा,गरिमा थापा,कपिल बि.क. सचीवमा सलिना राना सहसचिवमा मिना राना,दिपिका राना,अनिसा थापा र कोषाध्यक्षमा स्मृति थापा रहेका छन् ।

कार्यक्रममा सम्बोधन गर्दै अनेरास्ववियू केन्द्रीय सदस्य सगुन राना मगरले अध्ययनशिल,अनुशासन,लगनशील अनेरास्ववियूको पर्याय भएकाले संगठनको कठोर परिधिमा रहन आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा अनेरास्ववियू स्याङ्जाको नेताहरु मिलन बसेल,सागर थापा,मिलन अर्याल र संगम ठकुरीले आफ्नो बिचार राख्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा