पोखराको बुद्धचोकबाट अवैध लागु औषधसहित एक व्यक्ति पक्राउ

पोखरा महानगरपालिका वडा नं -१० बुद्धचोकस्थित कान्तिपुरमार्गबाट नियन्त्रित लागु औषध बुप्रिनोर्फिन १५ एम्पुल, डाईजेपाम १५ एम्पुल र फेनरागन १५ एम्पुल सहित सोही स्थान बस्ने ३५ वर्षीय राम बहादुर गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पोखरामा लागु औषध ओसारपसार एवं कारोबार गर्न लागेको भन्ने सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उक्त परिमाणको लागु औषध सहित गुरुङलाई पक्राउ गरेको हो ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा