उनले ६ महिनाभित्र चुनाव नभए केपी ओलीलाई हटाउने भन्दै चुनाव हुँदैन भन्नेहरुमा पराजित मानसिकता रहेको बताए । चुनाव हुँदैन भनेर भ्रम फैलाइएको भन्दै कांग्रेसले तयारी नगरे फेरि हार्नुपर्ने बताए ।
उनले भने, चुनाव हुन्छ, चुनाव हुन्छ, चुनाव हुन्छ । ‘प्रचण्ड-ओलीलाई चुनाव लागिसक्यो। चुनाव चिन्ह मागिरहेका छन्,’ उनले भने, ‘हाम्रा साथीहरू चुनाव हुँदैन भनिरहेका छन्। चुनाव भयो भने के गर्ने? कि चुनावमा जानुपर्यो कि राजनीति गर्न भएन। चुनावबाट त भाग्न मिल्दैन नि।’
अदालतले जे फैसला गर्छ त्यो नमान्ने हो भने हामीले पनि प्रचण्डले जस्तै ध म्क्याउने ?’ संविधान बुझेका विद्वान पार्टीभित्र र बाहिर धेरै भएपनि संविधानको व्याख्या सर्वोच्च अदालतले मात्रै गर्नसक्ने भन्दै सभापति देउवाले अदालतको निर्णय आफूलाई स्वीकार्य रहेको बताए ।
‘अदालतलाई ध म्क्याउने कुरा छैन । अदालतले संसद पुनःस्थापना गर्यो भने संसदमा जाने हो, गरेन भने चुनावमा जाने हो’, देउवाले भने ।
देउवाले भने, ‘मैले त उतिबेलै भनेको हो कम्युनिष्टले जिते भने बोल्न पनि पाइँदैन । हाम्रो पार्टीका साथीहरू बल्लबल्ल ओलीको विरोध गर्न सक्ने हुनुभएछ । प्रचण्डको विरोध गर्न त अझै सक्नुहुन्न । प्रचण्डसँग किन डराएको हो कुन्नि ?’, देउवाले भने । उनले ओली वा प्रचण्ड दुवैविरुद्ध उभिन सक्ने कांग्रेस बनाउनु आफ्नो लक्ष्य रहेको बताए ।
नेपालमा सबैले संविधान मिचेको देउवाले बताए । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेको आरोप कांग्रेसकै नेताहरुले लगाइरहेका बेला देउवाले भने नेपालमा संविधान नमिच्ने कोही नभएको बताएका छन् ।
‘यो संविधान मैले पनि मिचेको छु भन्छन्, ओलीले पनि मिचेको छ भन्छन्’ कांग्रेस सभापति देउवाले भने, सबैले मिचेका छन्, नेपालमा (संविधान) नमिच्ने कोही छैनन् ।’