के साउथ इन्डियन फिल्ममा डेब्यु गर्दै छिन स्वस्तिमा ?

काठमाडौं– पछिल्लो समय नायिका स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्ममा अभिनय गर्ने खबरहरु सार्वजनिक भैरहेका छन् । छोटो समयमै नेपाली फिल्ममा चर्चा बटुल्न सफल स्वस्तिमाले दक्षिण भारतीय फिल्ममा काम गर्ने पक्का भएको खबर बाहिर आइरहेका छन् । नेपाली चलचित्रमा नायिका स्वस्तिमा खड्काको चर्चा चुलिदो छ । चलचित्र ‘बुलबुल’मा काम गरिसकेपछि उनको चर्चा चुलिएको हो ।

उनै, स्वस्तिमाले एउटा साउथ चलचित्रमा काम गर्ने पक्का भएको खबरहरु सार्वजनिक भैरहेका छन् । स्वस्तिमाले एञ्जल मारिया सिनेमासँग नेपाली चलचित्र निर्माण कम्पनी अनन्या फिल्मस्ले बनाउन लागेको ‘थिरिमाली’मा काम गर्ने पक्का भएको खबर सार्वजनिक भैरहेको छ । यसअघि पनि स्वस्तिमाले एक अङग्रेजी फिल्ममा अभिनय गर्ने फाइनल भइसकेको छ । उक्त फिल्ममा स्वस्तिमाले भुटानी शरणार्थीको भूमिका निभाउँदैछिन् ।

यसबारेमा स्वस्तिमाले आफै स्पष्ट पारेकी थिइन् । दक्षिण भारतीय फिल्मको नाम ‘थिरीमाली’ राखिएको छ । उक्त फिल्ममा विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, आना रेश्मा लगायतका कलाकारको अभिनय रहनेछ । यस्तै माओत्से गुरुङसहित अन्य केही कलाकारको समेत अभिनय रहने जनाइएको छ । यद्यपि फिल्ममा नेपाली कलाकार को को रहने भन्ने अझै फाइनल भइनसकेको स्रोतले बताएको छ । नेपालमा समेत छायांकन गरिने यो फिल्ममा स्वस्तिमाको भूमिका कति रहने भन्ने पनि खुलाइएको छैन । यता स्वस्तिमाले पनि फिल्ममा अभिनय गर्नेबारे अहिलेसम्म कुनै जानकारी दिएकी छैनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा