सर्वोच्च अदालतले अबको १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश

 सर्वोच्च अदालतले अबको १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको छ ।

प्रतिनिधसभा विघटनविरुद्ध परेका रिटमाथि अन्तिम फैसला सुनाउँदै सर्वोच्चले १३ दिन भित्र बैठक बोलाउन आदेश दिएको हो ।

सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गरेको छ ।गत पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको थियो । दुई महिनाको बहसपछि आज फैसला सुनाइएको हो।

संसद विघटनविरुद्ध परेको १३ वटा रिटमा पुस १० गतेदेखि सुनुवाई भएको हो । फागुन ७ गतेसम्म रिट निवेदक, सरकारी पक्ष र एमिकस क्युरीको बहस सकिएपछि मंगलबार बसेको संवैधानिक इजलासले अन्तिम फैसला सुनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा