सर्वोच्चको निर्णय ऐतिहासिक भएको ,,नेता झलनाथ खनाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले सर्वोच्चको निर्णय ऐतिहासिक भएको बताएका छन् । 

उनले केपी ओलीको शत्ता शासनको अन्त्य भएको बताउँदै अब दलहरु मिलेर नयाँ सरकार गठन गर्ने बताए ।

उनले भने, ‘ अब हामीले नयाँ सरकार गठन गर्नुपर्छ । नयाँ सरकारले नयाँ प्रतिबद्धता, नयाँ नीति र कार्यक्रमका साथमा अघि बढ्नुपर्छ । हामी त्यसका लागि सबै राजनीतिक दलसँग कुराकानी गरेर अघि बढ्छौँ ।’नेपाली कांग्रेस, जनता समाजवादी दललगायतका संसदमा रहेका दलहरुसँग छलफल गरेर अघि बढ्ने नेता खनालले बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले भने, ‘अब जनताको आशा अपेक्षालाई पूरा गर्ने बेला आएको छ । हामी जन अपेक्षा अनुसार काम गर्नेगरी अघि बढ्छौँ ।’उनले तत्काल नेकपाको सँग एकीकरण हुने सम्भावना नरहे पनि चाँडै पार्टीलाई एक ढिक्का बनाएर लैजाने बताए ।

नेता खनालले भने, ‘अहिले एकीकरण हुने म सम्भव देख्दिन, अहिले पनि नेकपा विभाजन भएको छैन । सानो समूह टुक्रिएको हो । अब सबैलाई एक ढिक्का बनाएर अघि बढ्नुपर्छ । केपी ओलीले पार्टीलाई चोइट्याउने क्रममा आफ्नो वरपर पार्नुभएको छ । केही साथीहरु भ्रममा हुनुहुन्थ्यो ।

अब भ्रम मुक्त हुनुभएको छ । ती साथीहरु अब पार्टीमा फर्किएर आउँछन् । जसजसले कमजोरी सच्याउँदै पार्टीमा फर्किएर आउनुहुन्छ । उहाँहरुलाई हामी हार्दिक स्वागत गछौँ र पार्टीलाई एक ढिक्का बनाएर लैजान्छौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा