पुनर्स्थापनाको फैसलालाई जनताको जित भन्दै ‘ दाहाल-नेपालले बाँडे खुशी

प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेको खुशीयालीमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पत्रकार सम्मेलन गरेका छन् ।दुवै नेताले संसद पुनर्स्थापनाको फैसलालाई जनताको जित भनेका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै ठाउँ-ठाउँमा दीप प्रज्ज्वलन गरिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुशीयालीमा नेकपा दाहाल–नेपाल समूह निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ, विवेकशील लगायतले दीप प्रज्ज्वलन गरेका हुन् ।उनीहरुले सम्मानित अदालतले स्वागत योग्य फैसला गरेको बताउँदै जनताको जित भएकोमा नाराबाजी गरेका छन् ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा