संसद विघटनविरुद्धका रिटमा सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको ;नेपाली कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्धका रिटमा सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको जनाएको छ ।कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदरको फैसला स्वागतयोग्य भएको बताएका हुन् ।

मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनुपर्छ भन्दै आएको थिएँ । सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ । कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ।’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

संविधान कार्यन्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालत नै भएको उनले बताएका छन् । सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको बताएका छन् ।उनले यो ऐतिहासिक कदमका लागि सर्वोच्च अदालतको संवैधानिक इजालशका न्यायधीशहरुलाई धन्यवाद समेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा