पेस्तोलसहित एक युवा पक्राउ

जिप्रका सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको सादा पोशाकका प्रहरीले वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत बस्ने ३० वर्षीय साजितअलि इन्द्रिसीलाई पक्राउ गरेको हो ।

इन्द्रिसीले सुर्खेतका विभिन्न स्थानमा ह’तियार देखाई डर त्रास, ध’म्की दिने गरेको विशेष सूचनाको आधारमा घटनास्थलमा पुगेको प्रहरीले उनलाई शनिबार बेलुका सोही वडास्थित राधाकृष्ण मन्दिर नजिक उनकै आजात रोयल सर्भिस सेन्टरको पछाडि रहेको राधाकृष्ण सर्वेश्वर मन्दिर जाने भ¥याङमुनि मोटर पार्टस्भित्र लुकाइछिपाइ राखेको पेस्तोल बरामद गरी पक्राउ गरेको थियो ।प्रहरीका अनुसार बरामद पेस्तोलसँगै टार्गेट शुट लेखिएको सानो प्याकेटभित्र ७० थान कार्टिज फेला पारेको छ । निजलाई हातहतियार तथा खरखजानासम्बन्धी कसूर मुद्दा लगाई जिल्ला अदालतबाट तीन दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा