प्रचण्ड – नेपाललाई ओलीको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ताबाट हटाउन कसैले सक्छ भने हटाएर देखाउन चुनौति दिएका छन् । एमाले अध्यक्ष समेत रहेका ओलीले कसैले मोर्चा कसेर हटाए २० महिनापछि फेरि दुई तिहाई बहुमतका साथ सिंहदरवारको मूलगेटबाट पस्ने दावी गरे ।

अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंको भृकुटीमण्डमा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने– २०७३ मा पनि मलाई हटाएका थिए, १९ महिनापछि झण्डै दुई तिहाई बहुमतका साथ सिंहदरवार फर्केँ ।अहिले पनि कसैले सक्छ भनेर हटाएर देखाए हुन्छ,२० महिनापछि फेरि यो सूर्य चिन्हधारी नेकपा एमाले दुई तिहाई बहुमतका साथ सिंहदरवारको मूलगेटबाट भित्र पस्छ ।

ओलीले एमालेलाई प्रतिपक्षमा बस्न कुनै डर नभएको बताए । सरकारमा भए देश बनाउने र प्रतिपक्षमा भए देश बनाउने तयारी गर्ने एमालेको नीति रहेको ओलीको भनाइ थियो ।माधवहरू ओलीलाई हटाउन पर्यो भनेर जोगीले झै घरघर चहार्दै हिँडिरहेको आरोप उनले लगाए। ‘हामी कसैलाई प्रधानमन्त्री भइदिनुहोस् भनेर निवेदन हाल्न जाँदैनौ। हामी बाहेक देश विकास जाने गर्ने कोही पार्टी हुदैन’ उनले भने, ‘झगडियाहरूको ताल कस्तो हुँदो रहेछ देखियो। पार्टीमा विधि र पद्धतिको कुरा गर्नेहरूको ताल पनि देखियो।’

‘उहाँहरुले पार्टी प्यालेसमा भोज खान आउनेका सहि लिएर निर्वाचन आयोगमा जान्छन्। अनि हामीलाई पद र पार्टी मुक्त बनाइदिने रे’ उनले भने, ‘उहाँहरु को बाट सञ्चालित हो थाहा छैन।’बैठक नबसि पार्टी अध्यक्ष र दलको नेता छाने भन्दै खुसियाली बनाएको उनले बताए। ‘एकजना अध्यक्षका लागि हिरिक्क-हिरिक्क गरिरहेका थिए। अध्यक्ष बने रे कहाँ हो?’ उनले भने, ‘कम्युनिस्ट आन्दोलनलाई वर्वाद पार्नका लागि खुसियालीमा लड्डु खाएर खुसियालीमा अविर जात्रा गरेको हो हेरियो, हेदैछौँ।’ ​झगडियाले मुद्दा गर्ने भएकाले कार्यकर्ता देश बनाउनतिर लाग्ने ओलीको भनाई थियो।

एमाले अध्यक्ष ओलीले भने, ‘बाटो बिराएका नेताहरुलाई पनि भन्न चाहन्छु, सच्चिनुस् र आउनुस् ।’ तर केपी ओलीलाई ठेगान लगाउँछौं भन्ने वक्तव्यबाजी भएको आफूले सुनेको भन्दै उनले भने, ‘केपी ओलीलाई ठेगान लगाउन आउनुभयो भने बाटैमा ठेस लाग्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा