तिनाउ गाउँपालिकामा एक युवकको डुबेर मृत्यु

तिनाउ गाउँपालिका वडा नं ३ तल्लो सिद्दबाबास्थित तिनाउ खोलामा पौडी खोल्न क्रममा डुबेर एक युवकको शनिबार मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा रुपन्देही, बुटवल उपमहानगरपालिका वडा नं ९ बस्ने १८ वर्षीय हेमन्त शर्मा रहेका छन् ।

त्यसै गरी कपिलवस्तु, बुद्धभूमि नगरपालिका वडा नं १० मलवा बस्ने महेन्द्र कुर्मीको ९ वर्षीय छोरा आदर्श कुर्मीको घरबाट १ किमि टाढा वाणगंगा खोलामा पौडी खोल्ने क्रममा डुबेर शनिबार मृत्यु भएको छ ।प्रहरीका अनुसार शनिबार बिहान घरबाट निस्कीएका उनी साथीहरुसँग उक्त खोलामा पौडी खेल्न गएकोमा साँझसम्म पनि घर नफर्कीएपछि खोजी गर्ने क्रममा डुवीरहेको अवस्थामा उनको शव फेला परेको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा