स्याङ्जामा कुन कुन क्षेत्रमा गरियो बजेट बिनियोजन ।

स्याङ्जा,१५ जेठ– नेपाल सरकारले प्रस्तुत गरेको बजेटमा स्याङ्जा जिल्लाको विकासका लागि केही महत्वपूर्ण आयोजनाहरुमा रकम विनियोजन गरेको छ । सरकारले शनिबार प्रस्तुत गरेको अर्थिक वर्ष २०७८÷०७९ को बजेटमा जिल्लाको विमासमा महत्वपूर्ण भूमीका खेल्ने खाल्का योजनाहरुमा बजेट विनियोजन भएको छ ।

आज अर्थमन्त्री विष्णु पौडेल द्वारा सार्वजनीक गरिएको बजेटमा स्याङ्जा जिल्लामा कागती खेतिको बिस्तारदेखि जिल्लाको मध्य भागबाट गएको सिद्धार्थ राजमार्गको स्तर उन्नती गरी डबल लेनको बनाउनुका साथै जिल्लाको मध्य भागमा रहेको वालिङलाई दिगो प्रविधी युक्त शहरको (स्मार्ट सिटी) रुपमा विकास गर्न बजेट विनियोजन गरिएको छ ।

यसै गरी कालीगण्डकीमा जलयातायातको सम्भाव्यता अध्ययन गरी सञ्चालन गर्नको लागि आवश्यक बजेटको समेत ब्यवस्था गरिएको छ । यी लगायत जिल्लाको समग्र विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा विनियोजन भएको बजेटले समग्र जिल्लामो विकासमा परिवर्तन ल्याउने देखिन्छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले नेपाल सरकाले प्रस्तुत गरेको बजेटले जिल्लाका दिर्घकालीन रुपमा प्रभाव पार्ने रणनैतीक योजनाहरुलाई बजेट सार्वजनीक कार्यक्रम मार्फत घोषणा गरिएकोले जिल्लाको विकासमा महत्वपूर्ण योग्दान पुर्याउने बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, “नेपाल सरकारले आज प्रस्तुत गरेको बजेटले समग्र जिल्लाको विकासका लागि महत्वपूर्ण योगदान पुर्याउनेछ, अब सबै मिलेर यसको कार्यान्वयनको पाटोमा लैजानुपर्छ ।”

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा