सर्बोच्चको आदेश पछि देउबा प्रधानमन्त्री बन्दै,

काठमान्डौ ।असार २६। सर्वोच्च अदालतले संसद भंग गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय असंवैधानिक ठहर गर्दै नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश समेत दियो । सर्वोच्चले दोस्रो पटक संसद पुनस्थापनाको फैसला सुनाएको हो । सोमवार आएको फैसलामा देउवालाई दुई दिन भित्रै प्रधानमन्त्री नियुक्त गर्न भनिएको छ ।

सर्वोच्चले यस्तो आदेश दिएपनि देउवाका लागि प्रधानमन्त्री बन्ने वाटो भने सजिलो छैन । सर्वोच्चको यो आदेशसंगै अर्को एक राजनीतिक संशय पनि शुरु भएको छ । दुई दिन भित्रै प्रधानमन्त्री नियुक्त भएपनि प्रधानमन्त्रीमा कायम रहन उनले पनि प्रतिनिधिसभाबाट एक महिनाभित्र बिश्वासको मत लिनुपर्छ ।

नेपालको राजनीतिक घटना जता मोडिन पनि सक्छ । देउवाले बिश्वासको मत प्राप्त गरे मात्र प्रतिनिधिशभाले पुरै कार्यकाल रहने छ । यदि देउवाले बिश्वासको मत प्राप्त गर्न सकेनन् भने प्रतिनिधिशभा पुनः बिघटनको बाटोमै जाने निश्चित जस्तै छ ।

अघिवक्ताहरुका अनुसार देउवाले बिश्वासको मत प्राप्त गर्न नसकेमा प्रतिनिधिसभा बिघटन भई मुलुक निर्वाचनमा जान्छ । यदि काँग्रेस सभापति शेरबहादुर देउवाले विश्वासको मत लिन सकेनन् भने अबको राजनीति कसरी अघि बढ्छ या ३० दिनपछि के हुन्छ भन्ने नै अहिलेको चासोको विषय हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा