बगाएर बेपत्ता भएका दुईजना १३ बर्षका हुन् । बेपत्ता हुनेहरुमा ताराखोला गाउँपालिका वडा नंं ५ का यामबहादुर पुन र सोही गाउँपालिका वडा नंं १ का अभिषेक बिक छन् । चारमध्ये अन्य २ जना भने उत्रन सफल भएका छन् । उत्रेका दुई बालक बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरका ११ बर्षिय भीषण पुन र प्रश्न विक रहेका छन् ।
बिहिबार दिउँसो १ बजे बागलुङ नगरपालिका वडा नंं १ को निरयघाटमा पौडिने क्रममा उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुने बिक रुद्रे पिपल मावि र पुन न्यू ओएसिस माविमा कक्षा ७ मा अध्ययरत हुन् ।
ती बालक बगेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय र बिपत् व्यवस्थापन गुल्मबाट टोली खटाइएको थियो । खटिएको टोलीले खोजी गरिरहेपनि अहिलेसम्म पत्ता लगाउन नसकिएको जिल्ला प्रहरीका सूचना अधिकारी इकवाल हवारीले बताए । घटनाबारे जानकारी हुनासाथ खटिए पनि बर्षात्ले कालीगण्डकी बढेको छ ।
कालीगण्डकी नदिले बगायो बाग्लुङका दुई बालक
नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।








