अस्पतालको लापरबाहीका कारण सुत्केरी महिलाको ज्यान गयो

। लुम्बिनी मेडिकल कलेजमा सुत्केरी व्यथा लागेर पुगेकी महिलाको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण सुत्केरीको निधन भएको गुनासो गरेका छन् । रम्भा गाउँपालिका–१ बैरादीकी २२ वर्षीया मिरा मश्राङ्गीको उपचारको क्रममा मृत्यु भएको हो ।

मंगलबार उपचारका लागि पुगेकी मश्राङ्गीले जीवित छोरालाइ जन्म दिएकी थिइन् । तर उनको उपचारकै क्रममा लुम्बिनी मेडिकल कलेजमा मंगलबार साँझ मृत्यु भएको हो । अस्पतालको लापरबाहीले मिराको मृत्यु भएको भन्दै आफन्तले शव उठाउन मानेका छैनन । अहिले रम्भा गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीको रोहबरमा वडाध्यक्ष सहित स्थानीय अहिले वार्तामा बसेका छन् ।

स्थानीय यमबहादुर मश्राङ्गीले घरबाट हिँडेर हुँगी स्वास्थ्य चौकी पुगेकी मिराले बच्चा जन्माउन समस्या हुन सक्ने भन्दै मेडिकल कलेज ल्याइएको बताए । उनले अस्पतालले मृतकका परिवारलाइ यथार्थ विवरण नदिने र उपचारमा लापरवाही गरेको आरोप लगाए । अस्पताल प्रशासनले मृतकका छोरालाइ उच्च शिक्षासम्म अध्ययनका लागि सहयोग गर्न सक्ने आश्वासन दिएको तर छलफल भने जारी रहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा