नेपालगन्ज बाट दाङ फर्किने क्रममा कार बगाउँदा ४ महिलाको मृत्यु

दाङमा खोलाले ब’गाउँदा चार जनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित सिस्ने खोलामा आएको बाढीले ३–०१–०२४ च ४४४० नम्बरको कार गए राति करिब १० बजेर ५० मिनेटमा ब’गाएको थियो।

लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्ने खोलाले ब’गा’उँदा घोराही-१३ निवासी ४० वर्षीया रितामाया पुन, ३२ वर्षिया शुसीला श्रेष्ठ, घोराही-१४ निवासी ३१ वर्षीया राधा कुवँर, ४२ वर्षीया यमुना केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

 

कारका चालक घोराही १३ का ४३ वर्षीय नरबहादुर पुन गम्भीर घाइते छन्। उनको दायाँ खुट्टा, ढाड र बायाँ हातमा चो’ट लागेको छ। खोलाले ब’गाएकाहरूको श’व झन्डै तीन किलोमिटर तल घोराही १७ बेलभार भन्ने ठाउँमा फेला पारिएको छ। उनीहरूमध्ये दुई जना चालकका आफन्त हुन्।

उनीहरू नेपालगञ्जमा सपिङ गरेर फर्कंदै गर्दा खोलामा आएको भेलमा परेका थिए। शवलाई पोस्टमार्टमका लागि राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ। चालकको पनि घोराहीमै उपचार भइरहेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा