बाँकेमा ७ बर्षिया बालिकाले कोरोनालाई जितेर घर फर्कीन्न, देखिए मुहारमा खुसीका रंगहरु (तस्विरसहित)

नेपालगञ्जका २१ जनाले कोरोनालाई पराजित गरेर शुक्रवार दिउँसो घर फर्किएका छन् । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचारत उनिहरुको लगातार दोस्रो रिपोर्ट पनि नगेटिभ आएपछि आज उनिहरुलाई डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेहरुमा ७ वर्षिय बालिकादेखि ६० वर्षका पहिलो संक्रमित समेत रहेका छन् । कोरोनालाई पराजित गर्ने २१ जनालाई अस्पतालको हाता भित्र भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा लगायत स्वास्थ्यकर्मीहरुले फुलको गुच्छा दिएर विदाई गर्नुभयो ।

सो अवसरमा उहाँले अझैपनि केही दिन घरमा गएर एकान्तवासनै बस्न सल्लाह सुझाव दिंदै लकडाउनको पालना गर्न आग्रह गर्नुभयो । अस्पतालको गेटमा नेपालगञ्ज उपमहानगरका उपप्रमुख उमा थापामगरले निको भएका सबैलाई स्वागत सम्मान गर्दै सानो समयमै कोरोनालाई पराजित गर्न सफल भएकोमा बधाई दिनुभयो । देशमै पहिलोपटक एकै पटक ठूलो संख्यामा कोरोना भाइरस पोजेटिभ निको भएर घर फर्किएका हुन् ।

अस्पतालमा रहेका नेपालगञ्जका २५ जना मध्ये ३ जनाको रिपोर्ट पोजेभिटनै आएको र एकजनाको समय नपुगेकोले ४ जना अझै एक साता अस्पतालमा रहने र त्यसपछि परिक्षण गरेर नगेटिभ आएमा घर पठाइने अस्पतालले जनाएको छ । सो अस्पतालमा नेपालगञ्जका चार सहित अन्य सात जना उपचाररत छन् ।

त्यस्तै बाँकेमा बिहीबार सङ्क्रमण देखिएका दुई जना पनि एकहप्ता अघि भारतबाट आएका थिए ।

त्यस्तै कोरोना भाइरसको सङ्क्रमण आज ३० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पताल चितवनमा परीक्षणका क्रममा नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीमा सङ्क्रमण भेटिएको बताउनुभयो ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, चितवन, भरतपुर महानगरपालिका–६ केशरबाघका ८४ वर्षीय पुरुष र ७३ वर्षीय महिला छन् । ‘ तस्विर – नागरिक समाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा