अहिले भारतीय ह्याकरहरुले नेपाली नायीकाको टाउको जोडेर अश्लिल भिडियो सार्वजनिक गरेका छन् । जसमा नायिका आँचल शर्मालाइ पनि जोडिएको छ।

काठमाडौं ,नायीकाहरुका बारेमा सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी, अ’श्लिल गा’ली ग’लौजका कारण तनावमा छन् ।नायिका आँचल शर्मा सामाजिक सञ्जालमा निकै सकृय छन् । हुन त लकडाउनको समयमा अधिकाँश नायीका सामाजिक सञ्जालमा रमाइरहेका छन् । तर सोही सामाजिक सञ्जालले कतिपय नेपाली नायीकालाई अहिले तनाव दिएको छ ।

नेपालका करिब १२ नायीकाहरुको बारेमा भिडियो बनाईएको छ । जसमध्य २ जना नायीकाको विषयमा निकै लामो भिडियो सार्वजनिक भएको छ । यद्धपी अहिले राष्ट्रिय कलाकार संघको आह्वानमा त्यस्ता साइट नेपालमा नखुल्ने बनाइएको छ ।नेपाल भारतमा जारी सिमानाको विषयमा बोल्दा आफुहरुलाई यसरी निशाना बनाइएको भनेर नायीका आँचल शर्माले आ’क्रोश पोखेकी छन् ।

उनले सामाजिक सञ्जाल मार्फत नै त्यसरी नायीकाहरु माथि निशाना बनाउनेहरु माथि आवाज उठाउन आह्वान गरेकी छन् । आँचललेले सामाजिक सञ्जाल फेसबुक मार्फत, आफ्नो देशको बारेमा बोल्दा, राष्ट्रिय एकताको बिषयमा अडिग भएर एउटै आवाज निकाल्दा हामी नेपाली छोरी चेलीले यस्तो सहनु पर्ने ? भनेर आ’क्रोश पोखेकी छिन् ।उनले लेखेकी छिन् – आफ्नो देशको बारेमा बोल्दा, राष्ट्रिय एकताको बिषयमा अडिग भएर एउटै आवाज निकाल्दा हामी नेपाली छोरी चेलीले यस्तो सहनु पर्ने ?

जसले त्यस्ता प्रकारका अ’श्लिल भिडियो बनाएर हाम्रो चरित्र ह’त्या गर्ने र मानसिक त’नाव दिने कार्य गरेका छन् तिनीहरुको विरुद्धमा एक भएर अघि बढ्न जरुरी छ । यति बेला तपाई समस्थ साथी भाई अनि शुभचिन्तकको साथको जरुरी छ मलाई । कृपया सहयोग गरिदिनुस ।

नायिका शर्माले यो अवस्थामा सबै जना मिलेर अगाडि बढ्नुपर्ने बताएकी छिन् । मंगलबार मात्र चलचित्र कलाकार संघले केही नायिकाहरूको चरित्र ह’त्या गर्ने मनसायले नक्कली पो’र्न भिडियो बनाउँदै सार्वजनिक गर्ने क्रम बढेको भन्दै प्रहरीमा उजुरी दिएको छ । महानगरिय अ’परा’ध महाशाखा, टेकुमा पुगेर चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कासहितको टोलीले प्रहरीलाई उजुरी बुझाएको हो ।

पछिल्लो २ दिनदेखि सामाजिक संजालमा प्रविधिको दुरुपयोग गर्दै अश्लिल भिडियो बनाएर चरित्र हत्या गर्ने गिरोह सक्रिय देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा