२२ वर्षीया स्वास्थ्यकर्मी तनुजा कार्कीको दुई श्रीमतीका श्रीमानसँग प्रेम सम्बन्धमा रहेपछि किन गरिन देह त्याग ?

काठमाडौं,मोरङको उर्लाबारी घर भएकी अनमी तनुजा कार्की तेह्रथुमको मेन्छेयम गाउँपालिका स्वास्थ्यचौकीमा कार्यरत तनुजा कार्कीले आफैले आँफ्नो देह त्याग गरेकी छन्। केही दिन देखि सामाजिक सञ्जालमा न्यायको अपिल गर्दै एक स्वास्थ्यकर्मीको तस्विर सार्वजनिक भएको छ ।नको रहस्यमय निधन भएको र त्यसको छानविन हुनुपर्ने माग राख्दै आवाज उठाइएको छ । मोरङको उर्लाबारी घर भएकी अनमी तनुजा कार्की तेह्रथुमको मेन्छेयम गाउँपालिका स्वास्थ्यचौकीमा अनमीको रुपमा कार्यरत थिइन् ।

उनी तेह्रथुमको म्याङलुङ नगरपालिका( १ बसपार्कस्थित सन्तोषी होटलमा अवस्थामा मृत फेला परेकी थिइन् । होटलको कोठामा झु ण्डि एको अवस्थामा मृत फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । २२ वर्षीया अनमी तनुजा कार्की अविवाहित भएको र उनी प्रेममा रहेको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ ।

विगत चार दिन देखि नुवाकोटको तारकेश्वरका खम्बरसिंह तामाङ बस्दै आएका कोठामा उनको मृत सब फेला परेको हो। प्रहरीले ति पुरुषलाई पनि नियन्त्रणा लिएको छ ।खम्बरसिंह विगत चार दिन देखि सोही कोठामा बस्दै आएका थिए ।पुरुष बसेको कोठामा युवती मृत फेला परेपछि प्रहरीले अनुसन्धान थालेको हो ।प्रारम्भिक अनुसन्धानमा तामाङ होटलमा बस्न थालेको दुई दिनपछि ती युवती पनि कोठामा आएकी थिइन् ।

अनुसन्धानका क्रममा ति पुरुष सोही सोही स्वास्थ्यचौकीको निर्माण सम्बन्धी काममा ठेकेदारका रुपमा संलग्न रहेको बुझिएको छ । उनीहरु एक वर्ष देखि प्रेममा रहेको पनि प्रहरी अनुसन्धानवाट खुलेको छ । संगै कोठा लिएर बस्न उनीहरुले म्याङलुङमा कोठा समेत लिइसकेका थिए । यस अघि एक वर्ष देखि उनीहरु श्रीमान श्रीमतीकै रुपमा बस्दै आएको खुलेको प्रहीले जनाएको छ ।

अनुसन्धानका क्रममा ३८ वर्षीया तामाङका दुई वटा श्रीमती रहेको खुलेको छ । उनका दुवै श्रीमती नुवाकोटमा रहेको प्रहरीले जनाएको छ।स्वास्थ्यचौकीमै रहेको क्वाटरमा बस्दै आएकी ति युवती ति पुरुष बसेको कोठामा भने दुई दिन अघि आएकी थिइन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा