बलिउडले दुई महिनाभित्र १० चर्चित कलाकार गुमायो

काठमाडौं,आजभन्दा डेढ महिनाअघि बलिउडले अभिनेता इरफान खान र ऋषि कपुरलाई गुमाएको थियो । अभिनेता इरफान खानको निधनपछि लगातार बलिउड शोकमा डुब्दै गइरहेको छ ।बलिउडले एकपछि अर्को गरी कलाकारहरुलाई गुमाइरहेको छ ।आइतबार पनि बलिउडले अभिनेता सुशान्त सिंह राजपुतलाई गुमायो ।

उनले आफ्नै घरमा पासो लगाएर ज्यान फाले । २ महिनाभित्र बलिउडले राम्रा राम्रा कलाकारलाई गुमाएको छ । अभिनेता इरफान खानको पनि गएको बैशाख १७ गते निधन भयो । त्यसको २ दिनपछि अभिनेता ऋषि कपुरको पनि निधन भयो ।त्यसपछि लगातार बलिउडका चर्चित संगीतकर्मी वाजिद खान, क्राइम पेट्रोलमा अभिनय गरिरहेकी प्रेक्षा मेहेता, अभिनेत्री मेबिना माइकल ।

भारतीय टेलिश्रृंखलाका ‘कहानी घर घरकी’ मुख्य कलाकार सचिन कुमार, ‘पीके’ फिल्मका अभिनेता साई गुंडेवर, सलमान खानसँग रेडी फिल्ममा अमर चौधरीको भुमिका निभाएका मोहित बेगल, क्राइम पेट्रोलका शफिक अन्सारीले ज्यान गुमाए । यी सबै कलाकारको कसैको क्यान्सर रोग तर कसैको सडक दुर्घटनामा परी निधन भयो । यी सबै कलाकारको निधनले बलिउड शोकमा डुबिरहेको छ ।

भिडियो सहित:-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा