बलिउड अभिनेता सुशान्तसिंह राजपुतले देहत्याग गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पा सो लगाएर देहत्याग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अभिनेता लकडाउनको बेला एक्लै बस्दै थिए । प्रहरी उनको अपार्टमेन्ट पुगेको छ तर देहत्याग कारण भने खुलेको छैन। भारतयी सञ्चार माध्यमले जनाएअनुसार उनी केहि दिन देखि अस्वस्थ महसुस गरिरहेका थिए ।
भारतीय समाचार माध्यामले जनाए अनुसार सुशान्त र उनका केहि साथीहरु घरमा संगै थिए उनि साथीहरुसंग बिदा भएर आफ्नो कोठामा चुक्कल लागेर सुतेको खुलेको छ । पछि साथीहरुले बोलाउंदा ढोका नखुलेपछि उनीहरुले झ्यालबाट हेर्दा झु ण्डीएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनको यो खबरसंगै अहिले बलिउडमा एउटा छुट्टै सन्नाटा छाएको छ । यसै क्रममा पूर्वप्रेमिका अंकिता लोखण्डे उनको दु:खद खबर सुनेपछि निशब्द बनेकी छिन् । भातरीय मिडियाले अंकितालाई सुशान्तले देहत्याग गरेको विषयमा प्रश्न गरेपछि उनले ‘के ????….’ भनेर फोन का’टिदिएकी छिन् ।
उनीहरु दुवै टेलिभिजन सिरियल ‘पवित्र रिश्ता’मा लामो समय काम गरेर चर्चित भएका थिए । यसै सिलसिलामा उनीहरु सम्बन्धमा समेत रहेका थिए । पछि सुशान्त बलिउड गएपछि उनीहरुहरु सम्बन्धमा ब्रेकअप भएको थियो ।
कुनै समयमा एक अर्काको गहिरो प्रेममा रहेका अभिनेता सुशान्त सिंह राजपुत र अंकिता लोखण्डे ४ बर्ष अघि नै अलग भइसकेका छन् । अंकिता र सुशान्त ‘पवित्र रिश्ता’ नामक टेलिसिरियलमा पति–पत्नीको भूमिका निर्वाह गर्नेताका दुवै एक अर्काको प्रेममा थिए ।
तर यी दुवैको लामो पे्रम सम्बन्ध सुशान्त बलिउडको ठूलो पर्दामा स्थापित भएसँगै समाप्त हुन पुग्यो । यसरी सम्बन्ध तोड्दा अनेकौं खबरहरु आएपनि दुवैले यसबारे कुनैपनि प्रतिक्रिया जनाएका थिएनन्। तर सम्बन्ध टु’टेपछि अंकितालाई भने ठूलो झड्का लागेको कुरा कसैबाट लुकेको थिएन ।
किनकि, सुशान्त बलिउड फिल्ममा एकपछि अर्को सफलता हासिल गर्दै गए भने उता अंकिताले अभिनयको दुनियाबाट आफुलाई राखिन् । अंकितले पछि बलिउडमा डेब्यू गरेपछि र प्रेम सम्बन्धबारे एक अन्तरवार्ताका क्रममा खुलेर बोलेकी थिइन् । अंकिताले ब्रेकअपले उनको करियरमा कुनै असर नपरेको तर त्यसबेला काम र प्रेमलाई एकसाथ सम्हाल्न नसकेको बताएकी थिइन् । उनले ब्रेकअप पछि गरेको कुराकानी अंश जस्ताको तस्तै :
उनले अगाडि भनेकी छिन् ‘म जब काम गरिरहेकी थिएँ,त्यो बेला सन्तुष्ट थिएँ र जुन बेला कामदेखि टाढा थिएँ त्यस समयमा पनि सन्तुष्ट नै थिएँ । म यो भन्न चाहन्न कि ब्रेकअपले मेरो करियरलाई असर गरेन तर पनि प्रेम र काम अलग चिज हुन् । यि दुवैलाई सन्तुलनमा राख्न जरुरी हुन्छ, तर म यसमा सफल हुन सकिन ।’
उनले अहिले आएर आफुलाई माया गर्न सिकेको बताएकी छिन् । साथै अब उनको माया भनेको उनको करियर रहेको र आफ्नो सम्पूर्ण शक्ति केवल कामका लागि प्रयोग गर्ने बताएकी छिन् ।उनले अगाडि थपिन्, ‘तर यसको मतलब अब आफुले कुनै सम्बन्धमा रहन नचाहेको भन्ने होईन । म अहिले पनि मेरो जीवनमा राजकुमारको प्रतिक्षामा छु ।
तर यस्तो भन्नुको मतलब कसैको खोजीमा भने अवश्य छैन । किनकी म यस्तो कुरादेखि धेरै अगाडि आइसकेँ । अब मलाई जीवनमा केही बन्नको लागि साथीको आवश्यकता छैन ।’उनले भनिन्, ‘म सुशान्तको साथमा रहेर आफैलाई माया गर्न भुलिसकेकी थिएँ ।
मैले आफैंलाई बिर्सिएर ऊसँगको सम्बन्धमा बाँचिरहेकी थिएँ । तर अहिले मैले सबैथोक पाइसकेँ । मैले आफैलाई माया गर्न सिकिसकेँ ।’ उनले अहिले आफूले कहाँ, कसलाई कति महत्व दिनुपर्छ भन्ने कुरा बुझेको र हरेक कुरालाई कसरी सन्तुलनमा राख्ने भन्ने थाहा भएको बताएकी छिन् ।