उपत्यकाका सरकारी अस्पतालहरुमा कोरोना संक्रमितले भरिए बेड

निषेधाज्ञा खुकुलो बनाएर सर्वसाधारणको जनजिवन सहज बनाइएको भएपनि काठमाडौ उपत्यकामा महामारीको खतरा भने बढ्दै गएको छ । नेपालमा पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै गएको छ । निको भएर अस्पताल छोड्ने भन्दा संक्रमित हुनेको संख्या बढेको छ । निषेधाज्ञा खुकुलो बनाएर सर्वसाधारणको चहल पहल बढे लगत्तै संक्रमितको संख्या पनि बढ्न थालेको हो ।

काठमाडौ उपत्यकाका सरकारी अस्पतालहरुमा पनि संक्रमितले बेड भरिन थालेका छन् । काठमाडौं उपत्यकाका सरकारी अस्पतालमा कोभिड–१९ का बिरामीको संख्या फेरि बढ्न थालेको चिकित्सकहरुले बताएका छन् त्रिवि शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा। सन्तकुमार दासका अनुसार पछिल्लो पाँच दिनयता अस्पतालमा उपचार गराउन आउने संक्रमितको संख्या बढ्दो रहेको बताए । उनका अनुसार आइसियुमा आउने संक्रमितको संख्या बढेको छ ।

पाटन अस्पतालमा पनि आइसियु र साधारण वेड संक्रमितले भरिएका छन् । अहिले आईसीयूमा २५, भेन्टिलेटरमा १३ जनासहित १३० जना संक्रमित उपचाररत छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा