उही गाडी, फरक नाम : इभी बजारमा उपभोक्ता मारमा

काठमाडौं । बजारमा पछिल्लो समय एउटै डिजाइन, एउटै प्लेटफर्म र उही ब्याट्री ‘कन्फिगरेसन’का सवारी फरक–फरक नाममा भित्र्याउने प्रवृत्ति बढ्दो छ।

विद्युतीय सवारी साधन (इभि) बजारमा नाम परिवर्तन गरेर उही मोडेल र प्राविधिक संरचनाका सवारी आयात तथा बिक्री गरी उपभोक्तालाई भ्रमित पार्ने कार्यले उपभोक्ता मारमा पर्ने गरेका छन्।

बजारमा पछिल्लो समय उहि गाडी नाम परिवर्तन गरेर फरक–फरक नाममा भित्र्याउने प्रवृत्ति बढ्दो छ। यससँगै अदालतले केवाइसी ब्रान्डका इलेक्ट्रिक भ्यानको नाम फेरेर वा अन्य कम्पनी तथा व्यक्तिको नाममा उही स्पेसिफिकेसनका सवारी भित्र्याउन नपाइने अन्तरकालीन आदेश जारी गरेको छ।

अदालतकाद्वारा यसअघि जारी आदेशको मर्मविपरीत ‘नियोसिया’ ब्रान्डमार्फत केवाइसीसँग मिल्दोजुल्दो ‘इभि भ्यान’ आयात तथा बिक्री गरिएको पाइएपछि अदालतले नियोसिया गाडी विक्रीमा रोक लगाएको थियो।
अदालतले मोडेल, बनावट, फिचर र प्राविधिक संरचना मिल्ने इभि सवारी कुनै पनि नाममा आयात तथा बिक्री वितरण नगर्न स्पष्ट निर्देशन दिएको छ।
इभी विज्ञहरूका अनुसार, ब्याट्री वारेन्टी, सफ्टवेयर अपडेट, स्पेयर पार्ट्स र प्रशिक्षित सर्भिस जनशक्ति इभि स्वामित्वका आधारभूत पक्ष हुन्। नाम फेरेर आएको ब्रान्डमा यी पक्षको स्पष्ट प्रत्याभूति नहुँदा उपभोक्ता जोखिममा पर्ने उनीहरूको भनाइ छ।

सवारी साधन खरिद दीर्घकालीन निर्णय हो। पाँचदेखि सात वर्षको प्रयोग अवधिमा सर्भिस नेटवर्क, स्पेयर पार्ट्स र ब्याट्री सपोर्ट निरन्तर आवश्यक पर्छ। यदि सर्भिस संरचना बीचमै हरायो भने त्यो आर्थिक घाटासँगै सुरक्षा जोखिमसमेत हुने उपभोक्ता अधिकारकर्मीहरू बताउँछन्।

कानुनी जानकारहरूका अनुसार, अदालतको पछिल्लो आदेशले इभी बजारलाई नाम परिवर्तन गरेर जिम्मेवारी पन्छाउने अभ्यास स्वीकार्य छैन् भन्ने स्पष्ट सन्देश दिएको छ।
इभी आयात तथा बिक्रीमा पारदर्शिता, आधिकारिक आयातकर्ता र दीर्घकालीन उत्तरदायित्व अनिवार्य हुन आवस्यक छ।
इभी बजारमा प्रतिस्पर्धा आवश्यक भए पनि त्यो नियम पालना र उपभोक्ता सुरक्षाको आधारमा हुनुपर्ने सरोकारवालाहरूको जोड छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा