काठमाडौं । नेपाली बजारमा चार दिन लगातार घटेको सुनको मूल्य शुक्रबार ह्वात्तै बढेको छ। आज एकैदिन सुनको मूल्य तोलामा २९ सय रुपैयाँ बढेको हो ।
बिहीबार प्रतितोला २ लाख ५९ हजार ६०० रुपैयाँमा किनबेच भएको सुन आज बढेर २ लाख ६२ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
चाँदीको मूल्यमा पनि उच्च दरमा वृद्धि भएको छ । चाँदी प्रतितोला ११० रुपैयाँले बढेको महासंघले जनाएको छ ।
बिहीबार प्रतितोला ४ हजार ४१५ रुपैयाँमा किनबेच भएको चाँदी आज शुक्रवार बढेर ४ हजार ५२५ रुपैयाँ पुगेको छ ।
