नेपाल मोबिलिटी एक्स्पो–२०२६ काठमाडौँमा सुरु, ४७ नयाँ ब्रान्डका सवारीसाधन सार्वजनिक हुँदै

काठमाडौँ । आजदेखि काठमाडौँको भृकुटीमण्डपमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ सुरु भएको छ। साउन २६ देखि ३१ गतेसम्म चल्ने यस एक्स्पोमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे गरी विभिन्न मोडेलका ४७ नयाँ ब्रान्डका सवारीसाधनहरू एउटै छानोमुनि प्रदर्शनीमा राखिएका छन्।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर थापाले एक्स्पोको उद्घाटन गर्दै आर्थिक विकासका लागि यातायात र मोबिलिटी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए। उनले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन र सवारी अनुशासनमा ध्यान दिनुपर्ने बताउँदै नियामक निकाय र सरोकारवालाबीचको समन्वयले यातायात क्षेत्रलाई व्यवस्थित गराउन सकिने विश्वास व्यक्त गरे।

एक्स्पोमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षहरूलगायतले यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने धारणा राखे। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) का अध्यक्ष रितुसिंह वैद्यले यस प्रदर्शनीले यातायात क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा