अनुहारका कारण आमाबुवाले छोडे, तर संसारले बनायो हिरो

आफ्ना सन्तान जस्तो भएपनि आमाबुवाका लागि प्यारा हुन्छन् । उनीहरुलाई छोड्ने गर्ने विषयमा आमाबुवाले कल्पना पनि गर्न सक्दैनन् । तर संसारमा यस्ता ब्यक्ति पनि हुन्छन् जसले अपत्यारीलो काम गर्छन । क्यानाडामा बस्ने जोनो ल्यान्कास्टरले त्यस्तै अवस्थाको सामना गर्नुपरेको थियो । उनी जन्मदा सामान्य थिएनन् त्यसैले आमाबुवाले उनलाई छोडिदिए ।

उनमा बाल्यावस्थादेखि नै एउटा एकदमै दुर्लभ आनुवंशिक समस्या छ, जसको कारण उनको अनुहारको अवस्था एकदम अ’सामान्य छ। यस्तो अवस्थामा जन्मिएका उनलाई बुवाआमाले जन्मिएको ३६ घण्टामै छोरा अरुलाई धर्मपुत्रको रुपमा दिने निर्णय गरे ।

जब जोनोको जन्म भयो, उनको ट्रेचर कोलिन्स नामको समस्या थियो। यो दुर्लभ आनुवंशिक अवस्थाको कारण, उनको गालाका ह’ड्डी’हरू छैनन् । यस समस्यालाई समाधान गर्न उनले धेरै शल्यकृया गरेका छन् । उनले धेरै पटक अरुवाट हाँसोको पात्र बने तर पनि उनले हिम्मत हा’रे’नन् ।

जोनको जीवन परिवर्तन हुन थाल्यो जब उनले रिफ्लेक्स बा’रमा काम पाए। यो काम पछि, उनको आत्मविश्वास बढ्यो र त्यसपछि उनले फिटनेसको क्षेत्रमा आफूलाई परिचित बनाए। जोनो स्वीकार्छन् कि उनी सँधै लजालु स्वभावको थिए तर जब उनले आफ्ना अनुभवहरू मानिसहरूलाई बाँड्न शुरू गरे, उनी पनि साहसी भए।

यस्तो अवस्थामा, उनी विगत धेरै वर्षदेखि विश्वभरका विद्यालयहरूमा घुम्दै छन् । आनुवंशिक गडबडीका कारण समस्या भोगेकाहरुलाई प्रोत्साहित गर्दै छन् । आफुलाई परिवर्तन गर्न जोनलाई पनि २२ वर्ष लाग्यो ।

उनले पहिला आफ्नै अनुहारलाई घृ’णा गर्थे। शारीरिक र आर्थिक रूपमा सुधार भएपछि जोनोले टेलिभिजनमा पनि काम गर्न थाले र आज उनले आफ्नै जग बलियो बनाएका छन् । जोनो भन्छन् कि योग र ध्यानले उनलाई धेरै तहमा मद्दत गरेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा