पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरोसँगै सडकमा ढुङ्गा, माटो तथा लेदो थुप्रिएपछि सिद्धार्थ राजमार्गमा सवारीसाधनको आवागमन रोकिएको हो।

राजमार्गको पाल्पा–बुटवल सडक खण्डअन्तर्गत तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फबाट प्रवेश गर्ने बिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ सडकमाथिबाट ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिएका छन्।

पहिरो खसेको स्थानमा सडक खुलाउने र अवरोध हटाउने तयारी गरिए पनि निरन्तर पहिरो झरिरहेकाले तत्काल काम सुरु गर्न कठिन भएको प्रहरीले जनाएको छ। राजमार्ग अवरुद्ध भएपछि तराईबाट पहाड जाने र पहाडबाट तराई झरेका सयौँ सवारीसाधन तथा यात्रुहरू बाटोमै रोकिएका छन्।

उक्त मार्ग भएर पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, मुस्ताङ तथा बागलुङसम्मका सवारीसाधन सञ्चालन हुने गर्दछन्। पहिरो प्रभावित क्षेत्रमा अनावश्यक रूपमा आवतजावत नगर्न तथा सडक नखुलेसम्म सुरक्षित स्थानमा रहन प्रहरी प्रशासनले सबैमा अनुरोध गरेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा