राष्ट्र बैंकले ३५ अर्बको छ महिने निक्षेप संकलन गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब रुपैयाँ बराबरको छ महिने निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले आज सूचना जारी गर्दै १८० दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको जानकारी दिएको हो।

बोलकबोल आज अपराह्न ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुने बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको निष्कासन मिति पनि आजै तोकिएको छ भने यसको साँवा तथा ब्याज भुक्तानी आगामी फागुन ३ गते हुनेछ।

निक्षेपको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। सहभागीहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम १० करोड रुपैयाँले भाग जाने गरी आह्वान गरिएको रकमसम्म बोल गर्न सक्नेछन्।

आह्वान गरिएको रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई पहिलो प्राथमिकतामा राखी क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन गरिएको रकमलाई सम्बन्धित बैंकको लगानी पोर्टफोलियोका रूपमा गणना गर्न सकिनेछ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा