रुपन्देहीको सैनामैना ११ सालझण्डी रोकिरहेको ट्र्कमा यात्रुवाहक बसले ठक्कर दिदा बसका सहचालक सामान्य घाईते भएका छन् । पूर्वबाट पश्चिम दिशातर्फ फर्किएर रोकिएको अवस्थामा रहेको ट्रकलाई काठमाडौंबाट कपिलवस्तु पथ्थरकोट जादै गरेको बसले ठक्कर दिदा दुर्घटना भएको हो ।
बिहीबार बिहान करिव ६ बजेको समयमा महेन्द्र राजमार्ग अन्तर्गत पर्ने एकीकृत सैनिक तालिम केन्द्र सालझण्डीको गेट नजिक ओरालोमा बग्रिएर रोकिरहेको ट्रकलाई लु १ ख ४७२४ नम्बरको बसले ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटना परी घाइते भएका बसका सहचालक सामान्य उपचारपछि स्वास्थ्यलाभ गरिरहेको इलाका प्रहरी कार्यालय सालझण्डीले जानकारी दिएको छ ।
बसमा क्षती भएतापनि सवार अन्य ७ जना यात्रु सकुशल रहेका छन्, इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी नायव निरीक्षक प्रेम कुँवरले भने दुर्घटनामा राजमार्ग छेकिदा साना सवारी भित्रि बाटोबाट आवतजावत गरायौ, ठूला सवारीको आवतजावत भने करिब ३ घण्टा अवरुद्द हुदा लामो सवारी जाम भएको थिया ।