भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहाललाई आदेश प्राप्त भएको २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ । दाहाललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी छोरी डेनिका दाहालले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले दाहाललाई पक्राउ गर्नुको स्पष्ट आधार र कारणसहित लिखित जवाफ पेस गर्न सरकारको नाममा आदेश दिएको छ । इजलासले आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र अनुसन्धान मिसिल र बन्दीसहित उपस्थित गराउन विपक्षीहरूको नाममा कारण देखाउ आदेश जारी गरेको अदालत प्रशासनले जनाएको छ ।

विश्लेषक दाहाललाई आइतबार नेपाल प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको थियो । आफ्नो युट्युब च्यानलमार्फत भूराजनीतिक विषय तथा उच्च राजनीतिक व्यक्तित्वहरूको बारेमा भ्रामक र आधारहीन प्रचार गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । दाहालको पक्राउलाई लिएर सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा अभिव्यक्ति स्वतन्त्रता र कानुनी प्रक्रियाको विषयमा चौतर्फी बहस सुरु भएको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा