सरकारको किर्ते काम भन्दै अदालतमा वकिलले उठाए प्रश्न,

काठमाडौ । यस अघि सर्वोच्च अदालतमा प्रधानमन्त्रीले संसद भंग गरेको विषय राजपत्रमा नभएको कुरा अधिवक्ताहरुले उठाए । त्यसको भोलीपल्टको वहसकका क्रममा राजपत्रमा उल्लेख भएको प्रमाण पेश गरियो । अघिल्लो दिन राजपत्रमा नभएको विषय भोलीपल्ट प्रकाशन भएको देखिएपछि सामाजिक सञ्जामा सरकारको किर्ते काम भन्दै आलोचना भयो ।

आइतवारको वहसमा अधिवक्ताहरुले सोही कुरा उठाउन लागेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले रोेकेका छन् । पूर्वमहान्यायाधिवक्ता समेत रहेका रमन श्रेष्ठले संसद् विघटनको सूचना राजपत्रमा आएको विषयमा कुरा राख्न खोजेका थिए।

तर प्रधानन्यायाधीश जबराले त्यसलाई अहिले छाडिदिऊँ यसरी हरेक विषयमा वरिष्ठज्यूहरुले कुरा उप्काउने हो भने यो बहस सकिँदैन भनेर रोकेका थिए। श्रेष्ठले कुरा राख्न माग गरेपछि महान्यायाधिवक्ता अग्नि खरेल पनि उठेका थिए।

यस विषयमा नेकपाकै प्रचण्ड नेपाल पक्षले इजालसमा आधिकारिकता जाँच्न माग गर्दै निवेदन दिइसकेका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटमाथि निरन्तर सुनुवाइ भइरहेको छ।

संसद् विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको भन्दै बिहीबार इजालसमा प्रश्न उठेको थियो। सरकारका निर्णय राजपत्रमा प्रकाशित नभई आधिकारिक मानिँदैन। तर एकाएक शुक्रबार सूचना सार्वजनिक भएपछि त्यसको आधिकारिकतामाथि प्रश्न उठेको हो। सरकारले पूरानो मितिमा सूचना प्रकाशित गरेको आरोप छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा