दोहा : कुवेतले आप्रवासी कामदारको अनुमति (भिसा) रद्द गर्न थालेको छ । कोरोना महामारीको कारण विदेशमा फसेका आप्रवासी कामदारका लागि काम र रेसिडेन्सी अनुमति नवीकरण गर्न अनुमति दिने निर्णय गरेको कुवेतले अहिले ती अनुमति धमाधम रद्द गर्न थालेको जनाएको छ।
कोरोनाका करण लकडाउन, एयरपोर्ट बन्द तथा कुवेत फर्कने कठिनाई भएको भन्दै भिसा रद्द गर्न सुरू गरिएको जनाएको छ । कुवेत सरकार, पब्लिक अथोरिटी अफ मेनपावरले एक प्रतिवेदन जारी गर्दै १० दिनको अवधिमा विदेशमा फसेका ९३५ आप्रवासी कामदारहरूको रेसिडेन्सी अनुमति (भिसा) रद्द गरेको जनाएको छ ।
यता, कुवेत सरकारले दुई हप्ताका लागि हवाई यात्रुहरूको संख्या घटाउने निर्णय गरेको छ। आजदेखि यो निर्णयको लागुहुने जनाएको छ ।
त्यहाँको नागरिक उड्डयन महानिर्देशालय (डिजीसीए) ले एयरलाइन्सलाई आज देखि फेब्रुअरी ६ तारिकसम्म यहाँ आउने एउटा विमानले ३५ जना भन्दाबढी यात्रु बोक्न नपाउने भएको छ ।
कुवेतको स्वास्थ्य अधिकारीहरूका अनुसार कोरोना महामारी थप फैलिन सक्ने तथा नयाँ तनाव नियन्त्रण गर्न यस्तो कदम चालिएको नागरिक उड्डयन महानिर्देशालयलाई उदृत गर्दै अरब टाइम्सले जनाएको छ ।