उनले भने, ‘दुवै पक्षको मागदावी अनुसार अभिलेखमा संसोधन, परिवर्तन वा हेरफेर हुन सक्ने देखिएन । आयोगमा साविककै विवरण कायम रहेको जानकारी दुवै पक्षलाई दिने निर्णय भएको छ ।’ आयोगको निर्णयपछि अब दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ९प्रचण्ड० तथा महासचिव विष्णु पौडेल नेकपाको कागजी नेतृत्वमा कायम रहेका छन् ।
ओली नेतृत्वको नेकपाले अहिलेसम्म प्रचण्डलाई अध्यक्षबाट हटाएको थिएन भने प्रचण्ड–माधव पक्षले ओलीलाई साधारण सदस्यबाट समेत हटाउने निर्णय आज गरि सकेका छन् । तर, निर्वाचन आयोगले गरेको निर्णयानुसार दुवै पक्षसामु नयाँ दुविधा श्रृजना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते संसद विघटन गरेपछि नेकपामा विभाजन देखिएको थियो ।