अन्तत: प्रधानन्यायाधीशले मानेनन् प्रधानमन्त्रीको आग्रह,

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको एक आग्रह प्रधानन्यायाधीस चोलेन्द्र समशेर जवराले नमानेका कारण ओली अप्ठेरोमा परेका छन् ।

प्रधानमन्त्री ओलीले मंगलवार संवैधानिक परिषद्को बैठक बोलाएका थिए । तर सो बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रधानन्यायाधीस जवरा उपस्थित हुन नमानेका कारण वैठक स्थगित भएको हो ।

जसका कारण संवैधानिक आयोगहरुमा सरकारले गरेको नियुक्ति पनि अन्यौलमा परेको छ । प्रधानमन्त्री ओलीले मंगलवारको बैठक सारेर बुधबार साँझ राख्न गरेको प्रयास पनि असफल भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको असहमतिका कारण परिषद्को बैठक राख्ने प्रयास असफल भएको हो ।

प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गरिएकै दिन गत पुस ५ गते संवैधानिक परिषद्ले विभिन्न ११ वटा संवैधानिक आयोगहरुमा ३८ जना पदाधिकारी नियुक्तिको सिफारिस गरेको थियो । आफ्नै पार्टी भित्रका नेताहरुबीचमै सहमति जुट्न नसक्दा सरकारले लामो समय देखि संवैधानिक आयोगहरुमा नियुक्त गर्न सकेको छैन ।

सोही विषय पेचिलो बन्दै गएपछि नेकपा अनौपचारीक विभाजनमा पुगेको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेकै दिन अध्यादेश मार्फत संवैधानिक आयोगहरुमा नियुक्ती सिफारिस गरेका थिए । सो सिफारिस संसदीय सुनुवाइका लागि संसद सचिवालयमा सोही दिन दर्ता भएको थियो ।

तर, सो पत्र सभामुख अग्नि सापकोटाले सोमबार परिषद्मै फिर्ता पठाइदिएपछि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक राख्ने प्रयास गरेका हुन्, जुन प्रयास सफल हुन सकेन ।

सभामुखले पत्र फिर्ता पठाएपछि प्रधानमन्त्री ओलीले त्यसलाई बेवास्ता गर्दै सुनुवाइको म्याद ४५ दिन गुज्रेकाले ३८ जनालाई नियुक्त गर्नु भनी राष्ट्रपतिसमक्ष सिफारिस पठाउन संवैधानिक परिषद्को बैठक डाकेका हुन् ।

तर, प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सर्वोच्च अदालतमा संसद विघटनसम्बन्धी मुद्दा चलिरहेका बेला सोही मुद्दाका पक्ष रहेका प्रधानमन्त्रीले बोलाएको बैठकमा उपस्थित हुन नमिल्ने जवाफ दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा