पहिलोपटक प’ड्कि’एको ब’न्दु’क र त्यसबाट निस्किएको बा’रुदको मीठो ग’न्ध सम्झन्छु । प्रमाणित छा’पामा’र भएपछि औ’षधिको झोला, बन्दुक, कलम र क्यामेरा बोकेर यु’द्धमोर्चामा निस्किएको कुराले अहिले पनि काउकुती लगाउँछ ।
शान्तिसम्झौतापछि ल’ड्दा’ल’ड्दैका सिपाही हामीलाई ७ मुख्य र २८ सहायक शिविरमा थन्क्याइयो । त्यसपछि शुरु भयो वर्ग परिवर्तन र उत्थानको अभ्यास । त्यसपछि शुरु भयो सर्वहाराबाट बुर्जुवाकरण ।
शान्ति र क्रान्तिका नाममा धोकाका श्रृंखला । परिवर्तनका नाममा सिपाही र जनतामाथि वि’श्वासघा’त । हाम्रा भावना र विचारमाथि अ’त्याचा’र । समग्रमा हामी बाटो गुमाएका बटुवा भयौं र अहिलेसम्म त्यही रूपमा छौं ।
अफसोच, शिविरबाट निकालिएका १८ हजार २ सय ३० जनमुक्ति सेनाको विवरण अहिलेसम्म छैन । त्यो कसैसँग छैन, माओवादी, माओवादी केन्द्र, नेकपा हुँदै अहिले सडकमा गाईजात्रा देखाइरहेका नेकपाका दुवै समूहसँग छैन र आफूलाई क्रान्तिको उत्तराधिकारी दाबी गर्ने तथाकथित कुनै दल वा समूहसँग पनि छैन । हामीसँग सबै विवरण छ भनेर आउने कोही छ माइका लाल ?
यो महिना नेपालमा राजनीतिक जात्रा शुरु भयो । नामबाट बदनाम भएका हाम्रा कमाण्डर कालीबहादुर खाम लुसुक्क बालुवाटार छिरे र प्रधानमन्त्री केपी ओलीसँग मुख्य चारवटा माग राखेर पूर्वलडाकुलाई ओली क्याम्पतिर छि’राउने अभियान थाले ।
यो अभियानका अर्का अभियन्ता थिए रामबहादुर थापा बादल, जसलाई हिजो माओवादीका पूर्वलडा’कुभन्दा छोराका लागि दीप बस्न्यातका पुत्रहरू साथी बनाउन प्रिय हुन्थे । तिनीहरू हठात् बौरिएर जमानाका माओवादी ल’डाकु खोज्न निस्किएका हुन् ।
१२ वर्षमा नफर्किएको खोलो १५ वर्षमा फर्कनु अनौठो थियो । अनि शुरु भयो सम्मोहनका वाणी । वीरताका गाथा । र जमुसेका भूमिका । बनावटी प्रशंसा । फुक्यो आश्वासनका पोका । अनि मागे साथ, समर्थन र सहयोग ।
हिसाब गर्दै ल्याउँछु, जसले सहादत प्राप्त गरे तिनका परिवार बिलखबन्द छन् । जो घाइते र अं’ग’भं’ग भए तिनी पनि जी’वनमर’णको दोसाँधमा छन् । जो बे’प’त्ता भए तिनको कुनै खबर छैन ।
जो अयोग्य करार गरिए तिनलाई पनि कुनै सहानुभूति र सहयोग मिलेन । र, १५ वर्षपछि निर्जीव रूखमा पालुवा किन पलायो ? निर्जर बालुवामा सिँचाई कसरी भयो ?
अचम्म लाग्छ, सत्तामा र सत्तावरिपरि हुँदा ऊ जमानाको जनमुक्ति सेनाको डेपुटी कमाण्डर भएको ब्याज खाइरहेकाहरूलाई अनायास कसरी स्मृति पलायो ? परम्परागत राज्यसत्ताबाट छाती, तौल, उचाइ नापेर बनेको तलबी सेना थिएन त्यो, विचार र सिद्धान्तबाट निर्देशित राता सिपाही थिए तिनीहरू ।
जसै तिनमाथि सं’कट म’डारि’यो अनि थाले जनमुक्ति सेना खोज्न । पश्चिम पुगेर जनार्दन शर्माले म’च्चाएको को’कोहो’लो यही होइन ?
भनिदिने कोही छ भने हाम्रा तत्कालीन सुप्रिमोलाई भनिदिए हुन्छ, १२ वर्षअगाडि अनमिनले अयोग्यको ठ’प्पा लगाइदिएर, गोजीमा १० हजार हा’लिदिएर निकालिएका सिपाही आज फेरि तिम्रालागि कसरी योग्य हुन्छन् ? कलिलो उमेरमै वर्गशत्रु ख’त्तम गर्न भर्ना गरिएका तिम्रा २ हजार ९ सय ७३ सिपाही अहिले कहाँ–कहाँ के गर्दै छन् ? कहाँ छन् तिम्रा १८ हजार योग्य र ४ हजार अयोग्य सिपाही ? दुश्मनको शीर छे’द’न ग’र्दा ‘योग्य हुने, तिमीलाई सत्तामा पु¥याउन योग्य हुने तर तिमी सत्तामा पुगेपछि अयोग्य हुने परिभाषामा बाँ’धि’एका कहाँ छन् ती सिपाही ? ऊ बेला तिमीले भनेको दायित्व पूरा गर्यौ ? निभायौ आफ्नो कर्तव्य ? खोई तिम्रा सीपमूलक कार्यक्रम ? होइन भने १० वर्ष (२०६८ असार) देखि आन्दोलनमा उत्रिएका तिम्रा पूर्वसिपाहीले के पाए ? कहाँ पुग्यो तिम्रा संक्रमणकालीन न्याय संयन्त्रका फोस्रा पोका ?
हामीलाई एउटा ढोकाबाट निस्केर अर्को ढोकाबाट पस्ने भनी निकालिएको हो । खोई त्यो ढोका ? हाम्रा कमाण्डरहरू विलास र आम्दानीको ढोकामा छिरे तर कहिल्यै निस्किएनन् । आफ्ना सिपाहीहरूलाई चक्रब्यूहभित्र छि’रा’उने अनि आफूहरू चैं रोग, भोक र शोकले अभिमन्युहरू म’रे’को त’मा’शामा रमाइरहने नेतृत्व पाएकोमा हामीलाई गर्व छ । किनकि, राजनीतिक महाभारतमा हार्दै हार्दै जाँदा तिनलाई फेरि प्रतिवद्ध सिपाहीको अभाव भएको छ ।
विदेशीले गोर्खा सैनिक यसै मन पराएका होइनन् ।
गोर्खा अर्थात् नेपाली सेना इमान र प्रतिबद्धतामा चुक्दैनन् । भलै भूपी शेरचनको वीर र बुद्धुको सूत्र लागू होस्, हाम्रा मान्छेको डिएनए नै त्यस्तै रहेछ जस्तो लाग्छ । हामी सस्तैमा किनिने, सस्तैमा बेचिने र सस्तैमा मर्ने जीव रहेछौं र त हामीप्रति हाम्रा र पराया शासकको आशक्ति हुने रहेछ ।
निःसन्देह अहिले पनि जनमुक्ति सेना नेतृत्वविहीन छन् । न तिनको कुनै संगठन छ न भए पनि कुनै प्रभावकारिता । प्रचण्ड, बैद्य, बाबुराम, बादल, किराँती, बिष्ट, आहुती सबका आफ्नै मण्डली मात्र छन् । त्यस्ता मण्डली जो समग्रमा होइन अंशमा मात्र जनमुक्ति सेनाको आदर्श बोक्छन् । र, तिनलाई अहिले जनयु’द्ध दिवशमा अनुपस्थित हुने नेकपा अध्यक्ष केपी ओलीले साखुल्ले प’ल्टेर तान्न खोज्दैछन् ।
अहिले बजारमा उनीहरूको लिलामी शुरु भएको छ । बोलकबोल लागेको छ । यसमा पनि दुईथरी डम्फु’ बज्न थालेको छ । एउटा पूर्वजनमुक्ति सेनालाई अनेक प्रलोभन देखाएर अलगथलग गर्न चाहन्छ । त्यसैले घाइते, अपांगको निःशुल्क उपचार र प्रमाणपत्र, थप एक दुई लाखको हड्डी फालिएको छ । अर्को पुरानो बिरासतको व्यापार गर्न चाहन्छ । केरुङबाट ल्याएर धुन्चे, त्रिशूली, ककनी हुँदै बालाजुमा मैजारो गरिएका च्यांग्रासरह खरिद, बेचबिखन गरिएका ल’डा’कुलाई भावनात्मक सौदाबाजी गर्न उद्यत छ ।
म नैनबहादुर तामाङ, क.मुनाल, क.अजयहरू कु’हिएर, उपचार नपाएर सडकबाट जीवन याचना मागेको हेर्न अभिशप्त मान्छे । यिनै रामबहादुर थापा उर्फ बादल नेतृत्वको मन्त्रालयसामु घाइते सिपाहीले उपचार नपाएर वि ‘ष से’व’न गरेको हेर्न अभिशप्त मान्छे । तर, शरम लाग्नुपर्नेलाई नलागेपछि हामीले छिछि भनेर मात्र नहुने रहेछ ।
कमरेड ! नैनबहादुर तामाङको नाममा उपचार खर्चबापत ५ लाख निकासा गरेर ३ लाख घाइतेलाई दिई २ लाखले आफ्नो गोजी भर्ने को हो ? हाम्रा कति कमाण्डरले यसरी गोजी भरे होलान् ? चितवनमा चप्पल प’ड्का’उने क’माण्डर काठमाडौंमा पर्सनल भेहिकलको मालिक कसरी भए एउटा हातको औंला गन्ने वर्षमा ? विचारले लैस सिपाही बेचेपछि दौलतले लडिने लडाइँ लडे भएन र ? ल’ड्नुस्, हाम्रो शुभकामना छ र रहन्छ ।
पार्टी एकताको नाममा भएको स्वार्थ एकता भाँ’डिए’पछि चाहिने हो पिएलए ? राजनीतिक वे’श्या’वृ’त्ति गर्नेहरूको अ’ड्को’पड्को’ फुकाउन मात्र चाहिने हो पिएलए ? राजनीतिक सौदाबाजी नमिल्दा मात्र चाहिने हो पिएलए ? शहीद, घाइते, बेपत्ता परिवार राजनीतिक स्वार्थ कमजोर हुँदा मात्र सम्झनुपर्ने व्यापारको साधन हो ? कमरेड, निर्लज्ज हुनुको सीमा हुँदैन ? अस्ति पेरिसडाँडाबाट ल’खेटि’एका सिपाही हेरेर बबरमहलस्थित बाबुराम भट्टराईको मुख्यालयले गरेको हाँसो र ठट्टा देख्दा सुन्दा अनुभव गर्दा पनि नउम्लिएको रगत उमाल्ने गरी आएको अहिलेको याचना घृणायोग्य छ, खेदपूर्ण छ ।
हिमालमा, पहाडमा, तराईमा, अरबमा, खाडीमा, झाडीमा रहेका पूर्वजनमुक्ति सेनाको एकाध व्यक्ति र क’माण्डर संकलन गरेर सबै हाम्रो भन्ने दाबी कसैले नगर्दा हुन्छ । हामीलाई बेचेको मूल्यमा केही वर्ष सत्ताको स्वाद लिएका नेतृत्वहरूले हेक्का राख्दा हुन्छ, सत्ता स्थायी होइन । हामी संगठित र एकत्रित भएको बेलामा तिम्रा नेतृत्व पनि स्थायी नहुन सक्छन् । प्रिय कमाण्डरहरू ! अपहेलना र अवमूल्यनको मूल्य तिम्रो आँतमा प्राण भर्नु मात्र होइन भनेर सबैले बुझ्नुपर्छ । कमाण्डरहरू दास हुँदैमा सबै सिपाही दास हुनुपर्छ भनेर कुनै शास्त्रमा नलेखिएको पनि हुन सक्छ ।
सहयोद्धा कमरेडहरू ! छद्मभेषी कमाण्डर र नेतृत्वबाट सतर्क रहौं, सावधान रहौं । एकपटक त बेचियौं, पटकपटक आफूलाई नबेचौं ।