प्रचण्ड–नेपाल समूहले गोयवल्स शैलीमा भ्रम फैलाए – गृहमन्त्री थापा

विराटनगर– गृहमन्त्री रामबहादुर थापाले प्रचण्ड र नेपाल समूह आतंकित र भयभित भएको बताएका छन् ।

नेकपा प्रदेश १ कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले केही मन्त्रीहरु आफूहरुसँग फर्किन लागेको भन्ने अभिव्यक्ति उनीहरुको आतंकित र भयभित मानसिकताको उपज भएको बताए ।

मन्त्री थापाले प्रचण्ड नेपाल समूहले गोयवल्स शैलीमा भ्रम फैलाएको आरोप लगाएका हुन् ।

उनले भने, ‘काठमाडौँमा नयाँ भ्रम फैलाउने प्रयत्न गरे, केही मन्त्रीहरु फेरि फर्केर प्रचण्ड नेपालको समूहतर्फ फर्किदै छन भन्ने भ्रम फाले । देशव्यापी रुपमा किन यस्तो गर्दैछन् ? आतंकको अभिव्यक्ति, भयको अभिव्यक्ति हो ।’

मन्त्री थापाले प्रचण्ड–नेपाल समूहको गोयवल्स शैलीको षडयन्त्र पूरा नहुने पनि उनले दावी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा