बाँकेको क्वारेन्टिनमा निधन भएका युवकमा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज । नेपालमा कोरोना भाइरस ९कोभिड(१९० बाट दोस्रो व्यक्तिको निधन भएको छ । बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा निधन भएका २५ वर्षीय पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले त्यसको पुष्टि गरे ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले भेरी अस्पतालमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको बताएका छन् । आइतवार गरेको नियमित व्रिफिगंका क्रममा मन्त्रालयले सो कुरा पुष्टि गरेको छ ।

युवकको निधनपछि शव ब्यवस्थापनको तयारी सुरु गरिएको पनि मन्त्री बरालले बताएका छन् । उनले कोरोना संक्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा तयारी सुरु गरिएको जनाएका छन् । उक्त कार्यविधिमा नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मीसहित मिलेर शवको अन्त्येष्टि गर्ने उल्लेख छ ।

आइतबार बिहान निधन भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए। उनी वैशाख ३० गते नेपाल आएका थिए। भारतबाट आएका उनलाई सिधै क्वारेन्टिनमा लगिएको उनलाई शनिवार देखि नै स्वास्थ्य समस्या देखिएको थियो। रातिदेखि स्वास्थ्यमा समस्या आएका युवकलाई अस्पताल लैजान नपाई निधन भएको थियो ।

राति एम्बुलेन्सलाई आग्रह गर्दा नआएपछि विहान उनको निधन भएको हो । विहान एम्बुलेन्स आउनु पुर्व नै उनको निधन भएपछि स्थानिय आ’क्रोशित भएका थिए । निधन हुनुअघि आइतबार बिहान ४ बजेतिर उनले अचानक दुई पटक बान्ता गरेका थिए। यसअघि गत बिहीबार निधन भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोनाभाइरसको पुष्टि भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा