द नेपाली टाइम्सद्धारा प्रेस युनियन मार्फत २ सय ५० थान प्रेस ज्याकेट वितरण

अष्ट्रेलियाबाट प्रकाशित हुने द नेपाली टाइम्स अनलाईनले नेपाल प्रेस युनियन मार्फत २ सय ५० थान ज्याकेट विभिन्न जिल्लाका पत्रकारहरुलाई वितरण गरेको छ । अष्ट्रेलियाबाट प्रकाशित हुने लोकप्रिय अनलाईन पत्रिका द नेपाली टाइम्सले कोरोनाको संक्रमणका बेलामा फ्रन्ट लाइनमा काम गर्ने देशभरका पत्रकारहरुका लागि सो ज्याकेट प्रदेश नम्बर दुई तथा उदयपुर लगायतका जिल्लामा वितरण गरिएको थियो ।

नेपाली टाइम्सका प्रकाशक तथा गैरआवासीय नेपाली संघको पूर्व क्षेत्रिय संयोजक समेत रहेका महेन्द्र लम्सालले सो ज्याकेट नेपाल प्रेस युनियन मार्फत वितरण गर्ने गरि हस्तान्तरण गरेका थिए । लामो समयदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएका लम्सालले अष्ट्रेलियामा नेपालीहरु माझ लोकप्रिय द नेपाली टाइम्स पत्रिका पनि प्रकाशित गर्दै आएका छन् ।

विभिन्न काम गरेर समाजसेवा गर्दै आएका लम्सालले कोरोनाको संक्रमण विरुद्ध अग्रमोर्चामा काम गरिरहेका पत्रकारहरुका लागि सानो सहयोग गरेको बताए । लम्सालले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, प्रेस युनियनका सल्लाहकार शिव लम्साल प्रेस युनियनका सचिव खिला कार्की मार्फत सो ज्याकेट विभिन्न जिल्लाका पत्रकारहरुलाई हस्तान्तरण गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा